ऊर्जामन्त्री भुसालसँग भारत सरकारका ऊर्जा सचिवको शिष्टाचार भेट

ऊर्जामन्त्री भुसालसँग भारत सरकारका ऊर्जा सचिवको शिष्टाचार भेट

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग भारत सरकारका ऊर्जा सचिव आलोक कुमार सहितको प्रतिनिधिमण्डलले शिष्टाचार भेट गरेको छ ।

सो अवसरमा उनिहरुबीच समग्र ऊर्जाको विकास, व्यापार र आपसी हितका विविध विषयमा छलफल भएको छ ।

सो अवसरमा मन्त्री भुसालले नेपालसँग भएको जलविद्युत आपसी सहकार्यबाट प्रयोगमा ल्याई दोहोरो आवश्यकता परिपूर्ति गर्नुपर्ने बताए ।

आर्थिक समृद्धिको बाटोमा अगाडि बढ्नुपर्नेमा जोड दिँदै उनले उत्पादन तथा व्यापारमा द्वीपक्षीय सहज सहकार्यको आवश्यकता औंल्याए ।

उनले भने , ‘हामीसँग भएको ऊर्जा स्रोतको प्रयोग आपसी सहकार्यबाट दुवै देशको विकासका लागि प्रयोग गर्नुपर्छ । त्यसका लागि द्विपक्षीय सहकार्य आवश्यक छ ।’

ऊर्जा सहकार्यबारे थप प्रष्ट पार्दै मन्त्री भुसालले भने, ‘हामीबीच ऊर्जाको व्यापार सहज हुनुपर्छ । जहाँबाट दुवै देशको विकासका लागि मद्दत पुग्छ र तेस्रो मुलुकमा ऊर्जा व्यापारका लागि सहज अवस्था सिर्जना गर्नुपर्छ । यस अर्थमा सचीवस्तरीय बैठक फलदायी हुने मैले विश्वास लिएको छु ।’

भारतीय ऊर्जा बजारमा नेपालले उत्पादन गरेको ऊर्जा व्यापारको वातावरण सहज तुल्याइदिन आग्रह गर्दै मन्त्री भुसालले असल मित्रराष्ट्रले आफ्नो छिमेकी मुलुकको समृद्धिमा सहयोग गर्ने विश्वास व्यक्त गरे ।

सो अवसरमा भारत सरकारका ऊर्जा सचिव आलोक कुमारले ऊर्जा व्यापारले आपसी सम्बन्धलाई थप बलियो बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

ऊर्जा व्यापारका लागि सहज बतावरण बनाउन आफूहरु सकारात्मक रहेको बताउँदै उनले भने, ‘भारत, बङ्गलादेशसँग व्यापार अनुमती दिनका लागि हामी सकारात्मक छौँ ।’

‘काठमाडौँमा चलिरहेको बैठकले सफल नतिजा दिने आशा व्यक्त गर्दै उनले भने, ‘मलाई आशा छ, यो बैठकमा हामी सफल हुनेछौँ ।’ सचिव आलोकले अरुण तेस्रो तीब्र गतिमा अगाडि बढेको बताउँदै भने ‘मैले यो आयोजना चाँडो सम्पन्न गर्न भनेको छु यसले आपसी मित्रता थप प्रगाढ बनाउनेछ ।’

बैठकमा ऊर्जा सचिव देवेन्द्र कार्की, सहसचिव बाबुराम भण्डारी, नेपाल विद्युत प्राधिकरणका एमडी कुलमान घिसिङसहितका अधिकारीको सहभागीता थियो भने भारतका तर्फबाट सचिवस्तरीय बैठकमा सहभागी हुन नेपाल आएका भारतका अधिकारी एवं नेपालस्थित भारतीय राजदूतावासका उच्चअधिकारीको सहभागिता थियो ।

Recent Comments

No comments to show.