दोस्रो पटक विश्वकप खेल्ने नेपालको सपनामा अधुरै,युएई बन्यो बाधक

दोस्रो पटक विश्वकप खेल्ने नेपालको सपनामा अधुरै,युएई बन्यो बाधक

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । आइसीसी विश्वकपको ग्लोबल छनोटअन्तर्गत सेमिफाइलनमा संयुक्त अरब इमिरेट्स (युएई) सँग ६८ रनले पराजित भएसँगै दोस्रो पटक टी–२० विश्वकप पुग्ने नेपालको लक्ष्य अधुरै रहेको छ ।

पहिला ब्याटिङ गर्र्दै युएईले दिएको १७६ रनको लक्ष्य पछ्याएको नेपालले १८.४ ओभरमा अलआउट हुँदै १०७ रन मात्र बनाउन सक्यो। निर्णायक खेलमा नेपालका ब्याटिङ नराम्ररी फ्लप भयो।

नेपाललाई हराएसँगै युएई ग्लोबल छनोटका समूह एबाट विश्वकपमा छनोट भएको छ।

पहिलो ओभरमै २ विकेट गुमाएपछि दबाबमा परेको नेपाल त्यसपछि कुनै पनि समय खेलमा फर्कन सकेन । नेपालका लागि दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ३८ रन बनाए । यस्तै, ज्ञानेन्द्र मल्लले २० र आरिफ सेखले ११ रन बनाउनु बाहेक अन्यले दोहोरो अंकमा स्कोर बनाउन सकेनन्।

नेपाललाई सस्तैमा समेट्ने क्रममा युएईका अहमेद राजाले ४ ओभरमा १९ रन खर्चेर ५ विकेट लिए । यस्तै, जुनैद सिद्दिकीले विकेट लिए।

अल अमेरात क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको युएईलले निर्धारित ओभरमा ७ विकेट गुमाउँदै १७५ रन बनायो । दोस्रो ओभरमै ओपनर चिराग सुरीलाई गुमाएको युएईका लागि युवा ब्याट्सम्यान भृत्या अरविन्द र मोहम्मद वासिमले उत्कृष्ट ब्याटिङ गरे।

वासिमले वासिमले ४८ बलमा समान ४ चौका र छक्का प्रहार गर्दै ७० रन बनाए भने अरविन्दले २३ बलमा ५ चौका र ३ छक्का प्रहार गर्दै ४६ रन बनाए । यी दुई दोस्रो विकेटका लागि ६६ रनको साझेदारी गरेका थिए।

नेपालका लागि ४ ओभरमा ४६ रन खर्चेर ४ विकेट लिए । उनले एकै ओभरमा मोहम्मद उस्मान र बलमा मोहम्मद वासिमलाई आउट गरेका थिए । यस्तै, जितेन्द्र मुखिया ३ ओभरमा ३५ रन खर्चेर ३ विकेट लिए । कप्तान सन्दीप लामिछानेको नाममा पनि १ विकेट रह्यो।

Recent Comments

No comments to show.