क्यानडालाई हराउँदै नेपाल सेमिफाइनलमा, विश्वकप पुग्न यूएईलाई हराउनुपर्ने

क्यानडालाई हराउँदै नेपाल सेमिफाइनलमा, विश्वकप पुग्न यूएईलाई हराउनुपर्ने

Actpro

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल ओमनमा जारी आईसीसी टी-२० विश्वकपको ग्लोबल छनोटको  सेमिफाइनलमा प्रवेश गरेको छ।  क्यानडालाई ८ विकेटले हराएर समूह विजेता बनेको हो ।   

नेपालले तीन खेलबाट शतप्रतिशत जित निकाल्दै ५ अंक बनाएर सेमिफाइनलमा स्थान बनाएको छ ।

अब सेमिफाइनलमा नेपालले मंगलबार यूएईको सामना गर्नेछ। यूएईविरुद्ध जित हात पार्न सकेको खण्डमा नेपाल यसवर्षको अन्त्यमा अष्ट्रेलियामा हुने टी–२० विश्वकपमा छनोट हुनेछ।

अर्को सेमिफाइनलमा मंगलबार नै आयरल्याण्ड र ओमान भिड्नेछन्। ओमानले समूह बीको उपविजेता र आयरल्याण्डले समूह ए को विजेता बन्दै एकअर्कासँगको भेट पक्का गरेका हुन्।

दुबै सेमिफाइनलका विजेताहरु विश्वकपमा छनोट हुनेछन्।

सोमवार क्यानडाले दिएको ८१ रनको झिनो लक्ष्य नेपालले १४.१ ओभरमा २ विकेट गुमाएर भेट्टाएको थियो।

नेपालका लागि कुशल भुर्तेलले ३४ तथा दीपेन्द्रसिंह ऐरीले २७ रन बनाए। दुवै नटआउट रहे। यस्तै ​आसिफ सेखले १७ रन बनाए। उनले १६ बलमा एक चौका र एक छक्का प्रहार गरे।

त्यसअघि ओमानको अल अमिरात क्रिकेट मैदानमा टस हारेर फिल्डिङको निम्तो पाएको नेपालले क्यानडालाई १५ ओभरमा ८० रनमा अलआउट पारेको हो।

बलरहरुले घातक बलिङ गरेपछि ९.१ ओभरमै ४८ रन बनाएको अवस्थामा नेपालले क्यानडाको ९ विकेट झारिसकेको थियो।

तर अन्तिम विकेटका लागि डिलोन ह्यालिंगर र सोलमान नजरले ३२ रनको साझेदारी गर्दै क्यानडालाई उक्त स्कोरमा पुर्‍याएका हुन्।

डिलोनले २२ बलमा १ चौका र २ छक्कासहित सर्वाधिक २४ रन जोडे। कप्तान नभनित धालिवालले १८, रायन पठानले १४ र सलमान नजरले १० बाहेक अन्यले दोहोरो अंक जोड्न सकेनन।

नेपालका कप्तान सन्दीप लामिछानेले ३ विकेट लिए। ४ ओभरमा उनले १२ रनमात्रै खर्चे। यस्तै अविनास बोहरा र कमलसिंह ऐरीले समान २-२ विकेट लिए।

यसअघि नेपालले एकपटक मात्र टी-२० विश्वकप खेलेको छ । सन् २०१४ मा बंगलादेशमा आयोजित विश्वकपमा छनोट भएको थियो ।

Recent Comments

No comments to show.