इसेवाले ल्यायो ‘रिफर एण्ड अर्न’ अफर, रिफर गर्दा ३५ रुपैयाँसम्म पाइने

इसेवाले ल्यायो ‘रिफर एण्ड अर्न’ अफर, रिफर गर्दा ३५ रुपैयाँसम्म पाइने

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपालको पहिलो पेमेन्ट गेटवे इसेवाले आफ्ना ग्राहकको हितको लागि रिफर एण्ड अर्न अफर ल्याएकाे छ ।

यस अफर अन्तर्गत इसेवा प्रयोगकर्ताले आफ्ना नजिकका साथीहरुलाई इसेवा रिफर गरेर आम्दानी गर्न सक्नेछन् ।

यस अफर अन्तरगत रिफर गरेको व्यक्तिले इसेवामा रजिष्टर गर्दा २० रुपैयाँ, सय रकम लोड गर्दा ५ रुपैयाँ र कारोबार गर्दा १० सहित ३५ आम्दानी गर्न सकिने कम्पनीले जनाएकाे छ ।

रिवार्ड प्राप्त गर्नको लागि रिफर लिंक आएको ७ दिन भित्र सोही लिंक क्लिक गरि आग्रह –रिफर स्विकार गर्नुपर्नेछ ।

इसेवाबाट मोबाईल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, रिचार्ज, हवाइजहाज, बसको टिकट, स्कुल कलेजको शुल्क लगायतका सेवाहरूको शुल्क भुक्तानी गर्न सकिन्छ ।

इसेवामा हाल ५१ वटा बैंक तथा वित्तीय संस्था सदस्य रहेका छन् । यी बैंकबाट इसेवामा सहजै रकम जम्मा गर्न तथा इसेवाबाट बैंक खातामा रकम पठाउन सकिन्छ ।आदेश थियो ?’

Recent Comments

No comments to show.