काठमाडौं । काठमाडौंको ढुंगेअड्डामा शंकास्पद वस्तु फेला परेको छ ।
कालिका पेट्रोल पम्प नजिक आज बिहान दुई वटा जेब्रा झोलामा शङ्कास्पद वस्तु भेटिएको प्रहरीले जनाएको छ ।
बिहान स्थानीय बासिन्दाले शङ्कास्पद वस्तु देखेपछि प्रहरीमा खबर गरेका थिए । अहिले घटनास्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र सेनाको बम डिस्पोजल टोली खटिएका छन् ।
शङ्कास्पद देखिएको वस्तु के हो र कसले राखेको हो भन्नेबारे अनुसन्धान भइरहेको छ । शङ्कास्पद बस्तु भेटिएपछि यो रुटमा साना तथा ठूला कुनै पनि गाडी चल्न दिइएको छैन ।
प्रतिक्रिया