एमसीसीबारे निर्णय गर्न सत्ता गठबन्धनको बैठक बस्दै

एमसीसीबारे निर्णय गर्न सत्ता गठबन्धनको बैठक बस्दै

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । अमेरिकी सहयोग परियोजना (एमसीसी) बारे छलफल गर्न सत्ता गठबन्धनको बैठक आज पनि बस्दैछ ।

यसअघि बिहीबार साँझ बालुवाटारमा बसेको गठबन्धनको बैठक बिना निष्कर्ष सकिएकाले आज पुनः छलफल गर्न शुक्रबार बिहान १० बजे बस्न लागेको हो।

आजको बैठकमा एमसीसी संसदमा प्रस्तुत गर्ने या नगर्ने, एमसीसीबारे पक्ष/ विपक्ष वा साझा धारणा र गठबन्धनको भविष्य के हुने भन्ने विषयमा केन्द्रीत रहेर ‘निर्णायक’छलफल हुँदैछ।

आज बस्ने प्रतिनिधिसभा बैठकमा एमसीसी टेबल गर्ने नगर्ने विषयमा छलफल हुने नेताहरुले बताएका छन् । प्रतिनिधि सभाको आज बस्ने बैठकको सम्भावित कार्यसूचीमा एमसीसी राखिएको छैन् ।

बिहीबारको गठबन्धनमा बैठकमा उनीहरुले एमसीसीबारे सहमति हुन सकेन । यसैबीच प्रधानमन्त्री शेरबहादुर देउवा प्रमुख प्रतिपक्षी एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोट पुगेका थिए ।

वर्तमान राजनीतिक अवस्था र अमेरीकी अनुदान सहयोग एमसिसीका बारेमा छलफल भएपनि निर्णय भने खुलाईएको छैन् । 

Recent Comments

No comments to show.