नक्कली नोटसहित चार जना पक्राउ

नक्कली नोटसहित चार जना पक्राउ

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ  । महानगरपालिका-१६ नयाँ बजार मेडिकल चोकबाट एक हजार दरका २९४ थान नक्कली नेपाली नोटसहित चार जना पक्राउ परेका छन् ।

राजधानीको नयाँ बजारमा बसोबास गर्दै आएका रौतहट गौर नगरपालिका-१२ का पृथ्वीप्रसाद साह र वडा नं-९ निवासी महमदशम्साद आलम, राजपुर नगरपालिक-३ का मोहम्मदमुसरफ अली र सोही नगरपालिका-६ का असरफअली सइदलाई नक्कली नोटसहित बुधबार पक्राउ परेका हुन् ।

उनीहरूलाई पक्राउ गरी आज काठमाडौँ जिल्ला अदालतबाट हिरासतमा राखेर थप अनुसन्धानको अनुमति लिइएको महानगरीय अपराध महाशाखाले जनाएको छ ।

यसैगरी काठमाडौँ महानगरपालिका-१५ डल्लु पुल नजिकबाट चार थान ढलौटको मूर्तिहरुसहित दुई जनालाई पक्राउ गरिएको छ ।सिन्धुपाल्चोकको जुगल गाउँपालिका-५ ढाडे र रसुवा गोसाईंकुण्ड नगरपालिका-५ का किशोर मूर्ति चोरीको अभियोगमा पक्राउ परेका हुन्।

Recent Comments

No comments to show.