अखिल अध्यक्ष पराजुली पक्राउ, वाईसीएसल संयोजक देवकोटा घाइते

अखिल अध्यक्ष पराजुली पक्राउ, वाईसीएसल संयोजक देवकोटा घाइते

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को विरोधमा प्रदर्शन गर्ने क्रममा नेकपा एकीकृत समाजवादीनिकट विद्यार्थी संगठन अखिलका अध्यक्ष सुदेश पराजुली पक्राउ परेका छन् । 

उनी नयाँ बानेश्वर क्षेत्रबाट पक्राउ परेका हुन् । प्रदर्शनकै क्रममा माओवादी निकट युवा संगठन वाइसिएलका संयोजक सुमन देवकोटा भने घाइते भएका छन् ।

एमसीसीसम्बन्धी प्रस्ताव आज संसद् बैठकमा टेबुल हुने भनिएपछि विभिन्न दलका निकट युवा विद्यार्थी संगठनहरूले प्रदर्शन गरेका थिए । महानगरीय प्रहरी कार्यालय रानीपोखरीका अनुसार प्रदर्शनको क्रममा उछृङ्खल गतिविधि गर्नेहरू पक्राउ परेका छन् ।

Recent Comments

No comments to show.