एमसिसीको विरोधमा प्रदर्शनमा उत्रिएका प्रदर्शनकारी र प्रहरीबीच झडप

एमसिसीको विरोधमा प्रदर्शनमा उत्रिएका प्रदर्शनकारी र प्रहरीबीच झडप

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैं । काठमाडौँको नयाँबानेश्वर क्षेत्रमा अमेरिकी सहयोग परियोजना (एमसिसी) को विरोधमा प्रदर्शनमा उत्रिएका प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ ।

सरकारले आज संसदमा एमसीसी अनुमोदनका लागि पेश गर्ने भन्ने सूचनाका आधारमा विभिन्न राजनीतिक दल समर्थित नेता कार्यकर्ता भेला भई प्रदर्शनमा उत्रिएका हुन् । मीनभवनतर्फको प्रवेशद्वारबाट संसद् भवनभित्र पस्न खोज्ने प्रदर्शनकारीलाई प्रहरीले पानीको फोहोरा हानेको थियो ।

प्रहरी र प्रदर्शनकारीबीच सामान्य झडप हुँदा बानेश्वर क्षेत्रमा केही तनावको स्थिति देखिएको छ । विरोध प्रदर्शनका कारण अहिले माइतीघर-तीनकुने सडकखण्डमा यातायात सेवा प्रभावित भएको छ । (रासस)

Recent Comments

No comments to show.