यसरी तिर्नुहोस् डिजिटल वालेट ‘खल्ती’ मार्फत ब्लुबुक नवीकरण शुल्क

यसरी तिर्नुहोस् डिजिटल वालेट ‘खल्ती’ मार्फत ब्लुबुक नवीकरण शुल्क

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ। अनलाइन भुक्तानी सेवा प्रदायक खल्ती ले आफ्ना निजी सवारी साधन भएका प्रयोगकर्ताहरुको लागि खल्ती डिजिटल वालेट प्रयोग गरि ब्लुबुक नवीकरण शुल्क तिर्ने सुविधा ल्याएको गरेको छ ।

आफ्नो ब्लुबुकको शुल्क बिना कुनै झन्झट अनलाइन नै बेलैमा तिर्न मिल्ने गरि खल्तीले आफ्नो एप मार्फत यो सेवा प्रदान गर्न शुरु गरेको हो ।

अहिले बागमती प्रदेशका खल्ती प्रयोगकर्ताहरुले यस सेवाको लाभ उठाउन सक्ने भए तापनि आगामी दिनमा यो सुविधा देशभरि उपलब्ध गराइने छ।

प्रयोगकर्ताहरुले भुक्तानी गर्नु पुर्व सर्वप्रथम आफ्नो सवारीको सम्पूर्ण आवश्यक विवरणहरू अनलाइन भेहिकल रजिष्ट्रेसन सिस्टम (भीआरएस) मा दर्ता गर्नुपर्ने हुन्छ ।

यो कार्य नागरिक एप या यातायात व्यवस्थापन सूचना प्रणाली (टिआइएमएस)को वेबसाइट मार्फत सहजै गर्न सकिन्छ । यसरी गरिएको दर्ता नेपाल सरकारद्वारा मान्यता प्राप्त हुन्छ ।

एक पटक दर्ता प्रक्रिया पूरा भएपछि प्रयोगकर्ताहरूले खल्ती एप भित्र भएको गभरमेन्ट सर्विसेस मा रहेको “ब्लुबुक रिन्यु“ मा नवीकरणमा ट्याप गर्ने तथा आवश्यक विवरणहरू भरेर भुक्तानी गर्न अगाडि बढेर नवीकरण ब्लुबुक गर्न सकिन्छ ।

नयाँ प्रयोगकर्ता या पहिलो पटक यो सेवा प्रयोग गर्न लागेकाहरूलाई कुनै अन्योल नहोस् भनेर स्याम्पल बिल पनि उपलब्ध एप मै उपलब्ध गराइएको छ ।

भुक्तानी गर्न साथ आफूले नवीकरण गरेको ब्लुबुकको बिल तुरुन्तै खल्तीमा प्राप्त हुनेछ भने भीआरएसद्वारा उपलव्ध गराईने बिल प्रयोगकर्ताहरुले १० मिनेटमा खल्ती बाटै प्राप्त गर्नेछन् ।

खल्ती होमपेजको ट्रान्ज्याक्शनमा गइ दुबै बिल प्राप्त गर्न सकिन्छ । थप प्रक्रियाको लागि तपाईले ३० दिन भित्र सम्बन्धित सरकारी कार्यालयमा गई प्राप्त औपचारिक बिल पेश गर्नुपर्नेछ।

Recent Comments

No comments to show.