काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य तोलामा १ हजार ६ सय रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुन प्रतितोला ९५ हजार १ सय रुपैयाँ कायम भएको छ । मंगलबार छापावाल सुन प्रतितोला ९६ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, यसदिन तेजावी सुन ९४ हजार ६ सय रुपैयाँमा निर्धारण भएको छ ।
आज चाँदी तोलामा ३५ रुपैयाँले घटेर प्रतितोला १ हजार २८५ रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार चाँदी प्रतितोला १ हजार ३२० रुपैयाँमा कारोबार भएको थियो ।
प्रतिक्रिया