काठमाडौँ । काठमाडौं उपत्यकाबाट प्रहरीले २४ जना बन्दकर्तालाई पक्राउ गरेको छ ।
महानगरीय प्रहरी परिसरका अनुसार एमसीसीको बिरोधमा बन्द गराउन निस्केका उनीहरु पक्राउ परेका हुन् ।
मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी, नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, ऋषि कट्टेल नेतृत्वको नेकपा, आहुती नेतृत्वको वैज्ञानिक समाजवादी पार्टी र कर्णजित बुढाथोकी नेतृत्वको नेकपा माओवादी केन्द्र समाजवादी तथा सीपी गजुरेल नेतृत्वको देशभक्त गणतान्त्रिक मोर्चा नेपाल पार्टीले बन्द गराएका हुन् ।
बन्दलाई मथ्थर गर्न प्रहरीले सुरक्षा व्यवस्था कडा बनाएको छ।
प्रतिक्रिया