काठमाडौं । १९ जीवन बीमा कम्पनीहरुले पछिल्लो एक महिनामा १२ अर्ब ७८ करोड ४५ लाख ६६ हजार बिमा शूल्क आर्जन गरेका छन् । जीवन बिमा कम्पनीहरुले पुसमा मात्रै सो बीमा शूल्क आर्जन गरेका हुन् ।
चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आउँदा ७० अर्ब ९१ करोड ३९ लाख रुपैयाँ कुल बिमा शूल्क आर्जन गरेका छन्।
हाल सञ्चालनमा रहेका १९ वटा विमा कम्पनीहरुले १ करोड १० लाख ४१ हजार ८८ बीमा पोलिसि बिक्रि गर्दा सोही करिब ७१ करोड बीमा शुल्क आर्जन गरेका हुन् ।
धेरै बीमा शुल्क आर्जन गर्नेमा नेपाल लाइफ अगाडि
चालु आवको पुस मसान्तसम्ममा १९ जीवन बीमा कम्पनीहरुमध्ये सबैभन्दा बढी बीमा शुल्क आर्जन गर्नेमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी रहेको छ । उक्त कम्पनीले सोही अवधिसम्मममा १८ अर्ब ३९ करोड ८ लाख ५१ हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ ।
सो कम्पनीले पुस मसान्तसम्ममा ८ लाख ४९ हजार ४५१ बीमा पोलिसी बिक्री गरेर १८ अर्बभन्दा बढी बीमा शुल्क संकलन गरेको हो । उक्त कम्पनीले पुसमा मात्रै दुई अर्ब ९४ करोड नौ लाख ४५ हजार बीमा शुल्क संकलन गरेको छ । कम्पनीले पुसमा मात्रै दुई अर्ब ५१ करोड ६० लाख नविकरण शुल्क, ४२ करोड ४८ लाख प्रथम बीमाशुल्क मार्फत बीमा शुल्क आर्जन गरेको छ ।
नेपाल लाइफपछि धेरै बीमा शुल्क संकलन गर्नेमा लाइफ इन्स्योरेन्स
नेपाल लाइफ इन्स्यारेन्स कम्पनीपछि धेरै बीमा शुल्क आर्जन गर्नेमा लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेड रहेको छ । लाइफ इन्स्यारेन्सले पुस मसान्तसम्ममा ६ लाख ९५ हजार ७५० बीमा पोलिसी बिक्री गरी ८ अर्ब ३९ करोड २१ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेको छ । उक्त कम्पनीले सोही अवधिमा १ अर्ब २७ करोड ८० लाख प्रथम बीमा शुल्क संकलन गरेको छ । त्यस्तै कम्पनीले पुस मसान्तसम्ममा ७ अर्ब ११ करोड ४० लाख नविकरण बीमा शुल्क संकलन गरेको छ ।
लाइफ इन्स्योरेन्सलाई पछ्याउँदै राष्ट्रिय बीमा संस्थान र नेशनल लाइफ
लाइफ इन्स्यारेन्सपछि धेरै बीमा शुल्क आर्जन गर्नेमा राष्ट्रिय बीमा संस्थान र नेशनल लाइफ इन्स्योरेन्स कम्पनी रहेको छ । राष्ट्रिय बीमा संस्थानले पुस मसान्तसम्ममा ६ लाख ३८ हजार ७९३ बीमा पोलिसी बिक्री गर्दा ६ अर्ब ९ करोड ८७ लाख बीमा शुल्क संकलन गरेको छ । कम्पनीले सोही अवधिमा ६२ करोड ५८ लाख रुपैयाँ प्रथम बीमा शुल्क संकलन गरेको छ । त्यस्तै कम्पनीले ५ अर्ब ४७ करोड २९ लाख नविकरण शुल्क आर्जन गरेको छ ।
उक्त कम्पनीले पुसमा मात्रै ४४ करोड ७७ लाख बीमा शुल्क संकलन गरेको बीमा समितिको तथ्यांक छ । कम्पनीले सोही अवधिमा १३ करोड ५४ लाख प्रथम बीमा शुल्क र ३१ करोड २२ लाख नविकरण शुल्क आर्जन गरेको छ ।
समितिका तथ्यांकअनुसार नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले पुस मसान्तसम्ममा १० लाख ४४ हजार ४८४ बीमा पोलिसी बिक्री गरी कुल ६ अर्ब ८० करोड २७ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेको छ । उक्त कम्पनीले सोही अवधिमा २ अर्ब २१ करोड ४४ लाख प्रथम बीमा शुल्क आर्जन गरेको छ । कम्पनीले पुस मसान्तसम्ममा ४ अर्ब ५८ करोड ८३ लाख नविकरण बीमा शुल्क संकलन गरेको हो ।
नेशनल लाइफले पुसमा मात्रै १ अर्ब १५ करोड ४९ लाख बीमा शुल्क संकलन गर्न सफल भएको छ । उक्त अवधिमा कम्पनीले ३७ करोड ८१ लाख प्रथम बीमा शुल्क, ७७ करोड ६७ लाख नविकरण बीमा शुल्क संकलन गरेको छ ।
हेर्नुस् कुन कम्पनीको अवस्था कस्तो ?
प्रतिक्रिया