एसईईको परीक्षा तालिका सार्वजनिक (तालिका सहित)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं  । राष्ट्रिय परीक्षा बोर्डले २०७८ सालको माध्यमिक शिक्षा परीक्षा ९एसईई०को परीक्षा तालिका सार्वजनिक गरेको छ ।

राष्ट्रिय परीक्षा बोर्डले वैशाख ९ गतेदेखि २० गतेसम्म परीक्षा सञ्चालन गर्ने गरि तालिका सार्वजनिक गरेको हो।

जसअनुसार ९ गते पहिलो दिन अनिवार्य अग्रेजी विषयको परीक्षा हुने छ। सोहीदिन संस्कृत भाषा र साहित्य विषयको परीक्षा हुनेछ । एसईई परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म सन्चालन हुने छ।

परीक्षा तालिका राष्ट्रिय परीक्षा बोर्ड र परीक्षा नियन्त्रण कार्यालय कक्षा १० को वेबसाइटमा पनि हेर्न सकिने बोर्डले जनाएको छ। अघिल्ला दुई वर्ष कोरोना महामारीका कारण एसइई परीक्षा हुन सकेको थिएन।

दुवै वर्ष विद्यालयको आन्तरिक मूल्यांकनकै आधारमा नतिजा सार्वजनिक गरिएको थियो।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।