लोकगायक जयनन्द लामा ‘महाभार लेकको जंगलमा याला’ सार्वजनिक (भिडियाेसहित)

लोकगायक जयनन्द लामा ‘महाभार लेकको जंगलमा याला’ सार्वजनिक (भिडियाेसहित)

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । ख्यातिप्राप्त लोकगायक जयनन्द लामाले दुई दशक लामो अन्तरालपछि मौलिक लोकगीत गाएर सार्वजनिक गरेका छन्। लामाले ‘महाभार लेकको जंगलमा याला’ बोलको लोकगीत हालै आफ्नै युट्यबमार्फत सार्वजनिक गरेका हुन्।

गायक लामाकै शब्द र संगीत रहेको लोकगीतमा उनका साथमा दीपा लामाले स्वर दिएकी छन्। बाबु जिम्बा, आरबी लामा, दाबा फिन्जो तामाङ, शशिकला मोक्तान र अञ्जु थोकरले जयनन्द र दीपालाई समूह गायनमा साथ दिएका छन्। लोकगीतमा संगीत संयोजन छेवाङ तेन्जिङ लामा र मिक्सिङ कारसाङ लामाको रहेको छ।

छम छम नाच्न मिल्ने गीतमाथि आकर्षक भिडियो पनि तयार पारिएको छ। ल्होसारको अवसर पारेर सार्वजनिक गरिएको गीतको म्युजिक भिडियोमा कलात्मक र सांस्कृतिक नृत्य प्रस्तुत गरिएको छ। इन्द्र गुरुङद्वारा निर्देशित म्युजिक भिडियोमा गायक स्वयं जयनन्द लामाका साथमा डोमा ह्योल्मो, दाब फिन्जो तामाङ, बाबु जिम्बा, श्याम माया गुरुङ, सकु तामाङ र कोरस कलाकारले नृत्य गरेका छन्। सेवा फिल्म्सकाे दृश्य निर्माण र सुरेन्द्र थिङको निर्माणमा बनेको म्युजिक भिडियोको छायांकन मरुभूमि नारायण र सम्पादन बाबु जिम्बाले गरेका छन्।

 ‘यो मैले ३०/४० वर्षअघि नै संकलन गरेको गीत हो। जो पहाडी र हिमाली श्रृंखलाको बिचमा बस्ने सम्पूर्ण नेपालीको पूरानो र मौलिक परम्परागत गीत हो’ गीतका बारेमा जानकारी दिँदै गायक लामाले भने, ‘यो कुनै जात विशेषको गीत नभई ती भेगमा हरेक चाडपर्वमा पुर्खादेखि अहिलेसम्म पनि नाच्दै गाइने गीत हो। लगानीकर्ताको अभावमा त्यतिखेर संकलन गरेको गीत अहिले आएर पार्टनर खोजेर र आफैंले पनि लगानी गरेर गाएको हुँ। यसरी संकलन गरेका विभिन्न भेगका मौलिक र परम्परागत गीत मसँग अरु पनि छन्, जो दैनिक रेकर्ड गरेर पनि बाँचुञ्जेल गाएर सकिन्न।’  

पाँच दशकअघि गायन यात्रा शुरू गरेका लामाले लोकगीत, दोहोरी गीत, गीति नाटक गरि दुई सय बढी गीत गाएका छन्। गायक लामाले पछिल्लो समयमा फिल्मी अभिनयमा लोकप्रियता कमाइरहेका छन्।

Recent Comments

No comments to show.