फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य, यस्तो छ नयाँ मूल्य

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य, यस्तो छ नयाँ मूल्य

Actpro

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । इण्डियन आयल कर्पोरेशन (आईओसी) ले नेपाल पठाउने पेट्रोलियम पदार्थको मूल्य पुनः बढाएको छ ।

नेपाल आयल निगम (एनओसी) ले दिएको जानकारी अनुसार आईओसी र एनओसीबीचको सहमतिअनुरुप मंलगवार राति १२ बजेदेखि लागु हुनेगरी पेट्रोल तथा डिजेल र मट्टितेल मूल्य ३ रुपैयाँ बढाएर पठाएको हो ।

मूल्य वृद्धिसँगै पेट्रोल प्रतिलिटर १४२ तथा डिजेल र मट्टीतेल १२५ रुपैयाँ प्रतिलिटर र खाना पकाउने एलपी ग्याँसको मूल्य भने यथावत नै रहेको छ ।

यस्तै, आन्तरिक हवाई इन्धनको १० रुपैयाँ बढेर नयाँ मूल्य ११६ पुगेको छ ।

१५ दिनमै २ अर्ब २३ करोड घाटा हुने भएपछि निगमले तेलको मूल्य बढाएको जनाएको छ । इन्डियन आयल कर्पोरेशनले १५/१५ दिनमा मूल्य सूची पठाउँछ ।

सो घाटा रकम मूल्य स्थिरीकरण कोष तथा निगमको संचित नाफाबाट व्यवस्थापन गरी पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्था सहज गरिने जानकारी दिएको छ ।

Recent Comments

No comments to show.