यस्ता छन् मन्त्रिपरिषद् बैठकले गरेका निर्णयहरू

यस्ता छन् मन्त्रिपरिषद् बैठकले गरेका निर्णयहरू

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । मन्त्रिपरिषद्को बैठकले विभिन्न निर्णय गरेको छ । जसमा सचिवको बढुवादेखि विश्वविद्यालयको उपकुलपति नियुक्तिसम्म छन् ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै नेपाल सरकारका प्रवक्तासमेत रहेका सूचना तथा सञ्चारप्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नेपाल खुला विश्व विद्यालयको उपकुलपति पदमा प्राध्यापक शिलु मानन्धरलाई नियुक्त गर्ने निर्णय गरेको बताए ।

साथै, उनले अर्थ मन्त्रालयका सहसचिव रामेश्वर दंगाललाई सचिवमा बढुवा गर्ने निर्णय गरेको जानकारी दिए ।

प्रवक्ता कार्कीले नेपाल टेलिभिजनको अध्यक्षमा चार वर्षका लागि समीरजंग शाहलाई नियुक्त गर्ने निर्णय गरेको पनि बताए ।

यस्तै, लोकसेवा आयोग तथा बढुवा समितिको सिफारिस बमोजिम विभिन्न सेवा समूहका राजपत्रांकित द्वितीय श्रेणीका कर्मचारीलाई राजपत्रांकित प्रथम श्रेणीको सहसचिव वा सो सरहको पदमा बढ्वा नियुक्ति गर्ने निर्णयसमेत भएको बताइएको छ।

यसैगरी, शिक्षक अस्पताल स्थापनाको लागि आवश्यक प्रक्रिया अघि बढाउन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई सैद्धान्तिक स्वीकृति प्रदान गर्ने निर्णय पनि भएको छ ।

साथै, सफा हिमाल अभियान २०२० मा खटिने नेपाली सेनाका सदस्यलाई हिमाल आरोहण गर्दा लाग्ने सलामी दस्तुर र गार्भेज धरौटी बापतको रकम छुट दिने मन्त्रिपरिषद्ले निर्णय गरेको छ ।

प्रवक्ता कार्कीका अनुसार बैठकले कच्चा दूधको न्यूनतम मूल्य ५६ रुपैयाँ ४ पैसा निर्धारण गर्ने निर्णय पनि गरेको छ ।

दार्चुलाको तुषारापानीदेखि कोठाघरसम्मको चार किलोमिटर सडक खण्डको ट्रयाक निर्माण कार्य नेपाली सेनाबाट गराउन स्वीकृति दिने निर्णय पनि सरकारले गरेको छ ।

सरकारले बुधबार सोनाम ल्होसारको अवसरमा सार्वजनिक विदा दिने निर्णयसँगै विभिन्न दर्जनभन्दा बढी निर्णय गरेको छ ।

Recent Comments

No comments to show.