काठमाडौं । जेठ ४ गते एकै चरणमा स्थानीय निकायको चुनाव गर्ने विषयमा सरकार र निर्वाचन आयोगबीच छलफल भएको छ ।
निर्वाचन आयोगले जेठ ५ भित्र स्थानीय तहको निर्वाचन गर्नुपर्ने सुझाव दिसँगै प्रधानमन्त्री देउवाले जेठ ४ गते एकै चरणमा निर्वाचन गर्ने विषयमा आयोगका पदाधिकारीसँग छलफल गरीरहेका छन् । । सत्तारुढ पाँचदलीय गठबन्धनले जेठ मसान्तभित्र स्थानीय तह निर्वाचन गर्ने सहमति जुटाएको थियो । तर आयोगले जेठ ५ भन्दा पछाडि जान नसकिने बताएको छ ।
आयोगका पदाधिकारीले मंगलबार दिउँसो प्रधानमन्त्री शेरबहादुर देउवासँग भएको भेटमा पनि यही धारणा राखेको प्रधानमन्त्रीको सचिवालयले बताएको छ । जेठ २ गते बुद्धजयन्ती परेकाले ४ गतेको मितिमा सहमति जुट्न सक्ने स्रोतको दाबी छ ।
प्रतिक्रिया