स्थानीय चुनावका लागि गृहले माग्यो १८ अर्ब बजेट, प्रहरीलाई मात्रै १७ अर्ब

स्थानीय चुनावका लागि गृहले माग्यो १८ अर्ब बजेट, प्रहरीलाई मात्रै १७ अर्ब

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । निर्वाचन आयोगले वैशाख १४ र २२ का लागि स्थानीय तहको निर्वाचनको मिति तोक्न प्रस्ताव गरे सगैँ निर्वाचनको बजेट निर्माणको तयारीमा गृह मन्त्रालय लागेको छ । 

 मन्त्रालयले स्थानीय तह निर्वाचन अवधिभरमा हुने काम र त्यसका लागि आवश्यक खर्चको अनुमान गर्दै  १८ अर्ब ३२ करोड ६३ लाख ७१ हजार ८३० रूपैयाँ बजेट माग गरेको छ।

आवश्यक बजेटको अनुमानित विवरण बनाएर निर्वाचनका क्रममा हुने चालू तथा पुँजीगत खर्चका लागि गृहले अर्थ मन्त्रालयसँग बजेट मागेको हो ।

गृहले आफू र आफूमातहतका सशस्त्र प्रहरी बल नेपाल, नेपाल प्रहरी, जिल्ला प्रशासन कार्यालय र इलाका प्रशासन कार्यालयका लागि बजेट आवश्यक पुँजीगत तथा चालू खर्चको हिसाब निकालेर उपलब्ध गराउन भनेको छ ।

चालुतर्फ रु. ११ अर्ब ९३ करोड, ९ लाख ८३६ र पुँजीगतर्फ रु. ६ अर्ब ३९ करोड ५४ लाख ७१ हजार रूपैयाँ स्थानीय चुनावमा खर्च हुने गृहको हिसाब छ ।

गृह आफैंले चालुतर्फ ४२ करोड ७१ लाख २७ हजार ६६४ र पुँजीगतर्फ १८ करोड २५ लाख गरी कुल ६० करोड ९६ लाख २७ हजार ६६४ रूपैयाँ बजेट मागेको छ ।

गृहले अर्थ मन्त्रालयलाई पठाएको पत्रमा सशस्त्रलाई चालुतर्फ २ अर्ब ३४ करोड ९५ लाख २ हजार र पुँजीगततर्फ २ अर्ब ४८ करोड १२ लाख १८ हजार गरी कुल ४ अर्ब ८३ करोड ७ लाख २० हजार खर्च आवश्यक हुने उल्लेख छ ।

नेपाल प्रहरीका लागि सबैभन्दा धेरै बजेट मागिएको छ । जसमा चालुतर्फ ९ अर्ब १५ करोड ४२ लाख ७१ हजार १७२ रूपैयाँ र पुँजीगततर्फ ३ अर्ब ७३ करोड १७ लाख ५३ हजार गरी कुल १२ अर्ब ८८ करोड ६० लाख २४ हजार १७२ रूपैयाँ खर्च हुने गृहको अनुमान छ ।

Recent Comments

No comments to show.