सरकारले प्रक्रिया पुरा गरेर निर्वाचन मिति घोषणा गर्नुपर्छ : प्रकाशमान सिंह

सरकारले प्रक्रिया पुरा गरेर निर्वाचन मिति घोषणा गर्नुपर्छ : प्रकाशमान सिंह

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । कांग्रेस नेता प्रकाशमान सिंहले सरकारले संविधानकाे मर्म र भावनाअनुसार नै  स्थानीय तहको निर्वाचन गर्नुपर्ने बताएका छन् ।

आफ्नो निर्वाचन क्षेत्रमा कोरोनाविरुद्धको खोप अभियानको मंगलबार निरीक्षणका क्रममा नेता सिंहले निर्वाचन आयोगले संविधान र कानुनबमोजिम स्थानीय तहको निर्वाचनको मिति प्रस्ताव गरिसकेकाले सरकारले आवश्यक प्रक्रिया पुर्याएर निर्वाचनको मिति तय गर्नुपर्ने बताएका हुन् ।

नेता सिंहले वर्तमान गठबन्धनको सरकार संविधान र लोकतन्त्र रक्षाका लागि बनेकाले यसले संविधान मिच्न नमिल्ने तर्क गरे । तत्कालीन कम्युनिस्ट सरकारले म्याण्डेडबमोजिम कार्य गर्न नसकेको र संविधानलाई मिच्ने प्रयास गरेकाले संविधानको रक्षा गर्न गठबन्धन सरकार बनेको बिर्सन नहुने उनले बताए ।

बाग्मती किनारमा रहेका पार्क बगैंचा निर्माण गरिरहेका संघसंस्था र स्थानीयहरूसँग छलफल पनि गरेका थिए । 

Recent Comments

No comments to show.