ललितपुरमा बिहीबारदेखि बालबालिकालाई फाइजर खोप लगाइँदै

ललितपुरमा बिहीबारदेखि बालबालिकालाई फाइजर खोप लगाइँदै

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ललितपुर । ललितपुर महानगरपालिका क्षेत्रका विद्यार्थीले बिहीबारबाट कोभिड-१९ विरुद्धको फाइजर खोपको दोस्रो डोज लगाउन पाउने भएका छन् । यसअघि फाइजरको पहिलो डोज लगाएका १२ देखि १७ वर्ष उमेरकासम्म विद्यार्थीलाई २० माघदेखि २५ माघसम्म दोस्रो डोज दिइन लागिएको हो ।

खोप अभियान बिहान १० बजे देखि ४ बजेसम्म विद्यालय खोप केन्द्रमा चल्ने महानगरका प्रमुख प्रशासकीय अधिकृत गणेश अर्यालले जानकारी दिए ।

उनका अनुसार २७ पुसमा फाइजर लगाएकालाई २० माघमा वडा नम्बर १ देखि ४ गतेसम्मका विद्यालयमा खोप केन्द्र तोकिएको छ ।

२८ पुसमा  खोप लगाएकालाई २१ माघमा वडा नम्बर ५ देखि ८ सम्मका विद्यालयमा खोप केन्द्र तोकिएको छ ।  २९ पुसमा खोप लगाएकालाई २३ माघमा वडा न ९ देखि १४ र १५ का केही विद्यालयमा खोप केन्द्र तोकिएको छ ।

३० पुसमा  खोप लगाएकालाई २४ गते माघमा वडा नम्बर १५ का बाँकी विद्यालय र वडा नम्बर १६ देखि २१ सम्मका विद्यालयमा खोप केन्द्र तोकिएको छ । २ माघमा खोप लगाएकाको हकमा महानगरपालिकाले २५ माघमा  वडा नम्बर २२ देखि २९ सम्मका विद्यालयमा खोप केन्द्र तोकेको छ ।

Recent Comments

No comments to show.