म्यासेन्जरमा च्याट गर्दा स्क्रीनसट लिएको थाहा हुने, यसरी पठाउनुहोस् गोप्य ‘म्यासेज’

म्यासेन्जरमा च्याट गर्दा स्क्रीनसट लिएको थाहा हुने, यसरी पठाउनुहोस् गोप्य ‘म्यासेज’

Actpro

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सामाजिक सञ्जाल फेसबुकको म्यासेन्जरमा कम्पनी मेटाले नयाँ विशेषताहरु थप गरेको छ ।

कम्पनीले म्यासेन्जरको इन्ड–टु–इन्ड इन्क्रिप्सन फिचरलाई थप सुरक्षित तथा प्रभावकारी बनाउने उद्देश्यसहित नयाँ फिचरहरू थप गरेको हो ।

त्यसो त बाल सुरक्षा अभियानकर्ताहरुको चेतावनी तथा आलोचनाका कारण मेटाले प्रयोगकर्ताका सन्देशहरु इन्क्रिप्ट गर्ने योजनालाई २०२३ सम्मका लागि पछी सारेको छ ।

यसैबीच कम्पनीले थप गरेको विशेषता अनुसार इन्ड टु इन्ड इन्क्रिेप्टेड म्यासेन्जरमा भएको कुराकानीमा कसैले स्क्रीनसट लिएमा अर्को प्रयोगकर्ताले थाहा पाउने छ ।

अर्थात तपाँईको साथीले पठाएको म्यासेजको स्क्रीनसट लिनुभएको अवस्थामा त्यसको नोटिफिकेशन अर्को प्रयोगकर्तालाई जान्छ ।

त्यसैगरी कसैले यसरी कुनै संवेदनशील कुराको स्क्रीनसट लिएको छ भने तपाईंले यो कुराको रिपोर्ट पनि गर्नसक्नुहुनेछ ।

यो लगायत अब इन्ड-टु-इन्ड इन्क्रिप्टेड अथवा सेक्रेट कन्भर्सेसनमा गिफ्ट , स्टिकर, रियाक्सनहरू पनि पठाउन सकिने भएको छ ।

गोप्य ‘म्यासेज’ पठाउन सुरूमा मेसेन्जर लग इन गर्ने। मेसेन्जर लग इन हुने बित्तिकै त्यहाँ आफ्नो च्याट सूची देख्न सक्छौं। अब तपाईं जोसँग च्याट गर्न चाहनुहुन्छ ती व्यक्ति छान्नुपर्ने हुन्छ। र ती व्यक्तिसँगको च्याट बक्समा जानुपर्छ।

त्यसपछि स्क्रिनको दायाँपट्टी माथिल्लो भागमा फोन कल, भिडिओ कललगायत अप्सनहरू देखिन्छ। सबैभन्दा कुनामा रहेको ‘आई’ जस्तो आइकन थिच्नुपर्छ।

यहाँ ‘गो टु सिक्रेट कन्भर्सेसन’ भन्ने अप्सन देखिन्छ। त्यो अप्सन थिचेपछि अब सिक्रेट च्याट गर्न सकिन्छ।

सन्देश गोप्य राख्न पठाएको केही बेरमा आफैं हट्ने सुविधा छ। यसका लागि कति समयमा हराउने भनेर टाइमर सेट गर्नुपर्छ ।

यो समय ५ सेकेन्डदेखि २४ घण्टासम्म राख्न सकिन्छ। यसरी समय राखेपछि, मेसेज सिन भएपछि त्यो समयभित्र मेसेज आफैं हट्छ। यसका लागि मेसेज पठाउने र पाउने दुवैले टाइमर सेट गर्नुपर्छ।

Recent Comments

No comments to show.