सहिद स्मारक लिगमा आज एपीएफसँग शेर्पा र मनाङसँग सातदोबाटो भिड्दै

सहिद स्मारक लिगमा आज एपीएफसँग शेर्पा र मनाङसँग सातदोबाटो भिड्दै

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिगमा आज शुक्रबारबाट नवौँ चरणका खेल हुँदैछन्। पहिलो दिन त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दुई खेल हुनेछन्। 

१ बजे हुने पहिलो खेलमा एपीएफ फुटबल क्लब र हिमालयन शेर्पा क्लबबीच प्रतिस्पर्धा हुनेछ। रेलिगेशन जोनबाट उम्कने कोशिष गरिरहेको एपीएफ नविन लामाको कप्तानीमा हुनेछ भने तालिकाकाे मध्यक्रममा रहेका शेर्पा विश्वास श्रेष्ठको कप्तानीमा मैदान उत्रनेछ। 

एपीएफ ८ खेलमा ७ अंक जोडेर दशौं स्थानमा छ। उसलाई आजको खेलमा जित निकाल्दै कम्तिमा रेलिगेशनको भय हटाउनु छ। शेर्पा भने मध्यक्रममा रहने प्रयासमा हुनेछ। रेलिगेशनको डर टारेको शेर्पाले आफूलाई शीर्ष ६ मा राख्न आजको खेल जित्ने योजना तयार पारेको छ। ८ खेलमा ११ अंक जोडेको शेर्पा छैटौं स्थानमा छ। 

आज अपरान्ह पौने ५ बजे हुने खेलमा दोस्रो स्थानको मनाङ मर्स्याङ्दी क्लबलाई नवप्रवेशी सातदोबाटो युथ क्लबले चुनौती पेस गर्नेछ। 

अन्जन विष्टको कप्तानीमा रहेको मनाङ लय गुमाएको सातदोबाटोलाई हराउँदै कम्तिमा २४ घण्टाको लागि शीर्ष स्थानको दाउमा हुनेछ। सातौं चरणमा शीर्ष स्थानमा रहँदै एएफसी कप छनोट हुने मौका गुमाएको मनाङ लिग उपाधि भने आफ्नो नाममा लेखाउने दाउमा छ। मनाङ १९ अंक जोडेर दोस्रो स्थानमा रहेको छ। 

मानबहादुर तामाङको कप्तानीमा रहेको सातदोबाटोसमेत मनाङविरुद्ध अप्रत्याशित नतिजा निकाल्ने दाउमा छ। सुरुआती खेलमा उत्कृष्ट प्रदर्शन गरेको सातदोबाटोले पछिल्ला खेलहरुमा भने लय बिर्सिएको छ। उसले मनाङविरुद्ध पुरानै प्रदर्शनलाई दोहोराउने योजना बनाएको छ। हाल सातदोबाटो ९ अंक जोडेर आठौं स्थानमा रहेको छ।

Recent Comments

No comments to show.