त्रिभुवन विमानस्थलले भिजिटर पास नदिने, स्वागत र विदाइमा नआउन आग्रह

त्रिभुवन विमानस्थलले भिजिटर पास नदिने, स्वागत र विदाइमा नआउन आग्रह

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । कोभिड संक्रमणको जोखिमलाई ध्यानमा राख्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले भिजिटर पास वितरण बन्द गरेको छ। 

सोमबार एक विज्ञप्ति जारी गर्दै विमानस्थल कार्यालयले अति नै जरुरी अवस्थामा बाहेक ‘भी पास’ उपलब्ध नहुने जनाएको हो ।

 ‘कोभिडका विभिन्न भेरियन्ट उत्परिवर्तन भइरहेको र हालै नयाँ भेरियन्ट ओमिक्रोनसहित छिमेकी मुलुकहरुमा कोभिड तीव्र रुपमा फैलिरहेको तथा त्यसको प्रभाव नेपालमा पनि देखिइरहेको छ’, सूचनामा उल्लेख छ ।

‘यो अवस्थालाई दृष्टि गरी नयाँ भेरिएन्टको संक्रमणसमेतबाट आफू बच्न तथा अरुलाई बचाउन विमानस्थलमा अनावश्यक भीडभाड नगरिदिन अनुरोध गरिन्छ विज्ञप्तिमा भनिएको छ । ’

विमानस्थलमा स्थान सीमितताका कारण भिडभाडले कोरोनाको जोखिम बढेको भन्दै जरुरी अवस्थामा बाहेक बिदाइ र स्वागतका लागि विमानस्थल नआउन विज्ञप्तिमा भनिएको छ।

विमानस्थलमा मानिसहरुको भिडभाड नघटेपछि कार्यालयले यस्तो आह्वान गरेको हो। कार्यालयले हवाई यात्राका दौरान समेत आवशयक मापदण्ड पालना गर्न सरोकारवालालाई आग्रह गरेको छ।

Recent Comments

No comments to show.