रवीन्द्र मिश्र र राप्रपाका अध्यक्ष र महामन्त्रीबीच छलफल

रवीन्द्र मिश्र र राप्रपाका अध्यक्ष र महामन्त्रीबीच छलफल

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्गदेन र महामन्त्री धवलशमशेर राणासँग भेटवार्ता गरेका छन् । उनीहरूबीच शुक्रबार भेटवार्ता भएको हो ।

सो भेटवार्तालाई मिश्रले ‘राजनीतिसँगै राजकाज’ संवादको संज्ञा दिएका छन् । उनले भने, ‘आज विहान राप्रपाका नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्गदेन तथा महामन्त्री धवलशमशेर राणासँग राजनीति, समाज र यो देशको भविष्यबारे चिन्तापूर्ण तर आशाजनक संवाद भयो । दुबैप्रति आभारी छु ।’ 

पछिल्लो समय अध्यक्ष मिश्रले राजतन्त्र पुनःस्थापनाबारे छलफल गर्दै आएका छन् । 

Recent Comments

No comments to show.