फिल्म ‘आरआरआर’ का कलाकारहरुको पारिश्रमिक कति ?

फिल्म ‘आरआरआर’ का कलाकारहरुको पारिश्रमिक कति ?

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं ।  सन्  २०२२ जनवरी ७ मा रिलिज हुन लागेको साउथको बहुप्रतिक्षीत फिल्म ‘आरआरआर’ लाई आउँदो वर्षको सबैभन्दा ठूलो रिलिज मानिएको छ । रिलिजको पहिलो दिन भारतमा मात्र फिल्मले ८० करोडमाथिको व्यापार गर्ने अनुमान गरिएको छ । 

साउथ सुपरस्टार जूनियर एनटीआर र रामचरण मुख्य भूमिकामा रहेको फिल्ममा बलिउडबाट अजय देवगन र आलिया भट्टको पनि अभिनय गरेका छन् । यो फिल्ममा अभिनय गर्न साउथदेखि बलिउड कलाकारले ठूलो माटो पारिश्रमिक बुझेको भारतीय मिडियामा चर्चा भइरहेको छ । 

 फिल्मका लागि रामचरणले ४५ करोड भारु पारिश्रमिक लिएका छन् भने जूनियर एनटीआरले ४० देखि ४५ करोडको बीचमा पारिश्रमिक लिएको बताइएको छ । त्यस्तै, अजय देवगनलाई निर्माण टिमले २५ करोड र आलिया भट्टलाई ९ करोड पारिश्रमिक दिएको भारतीय मिडियाले उल्लेख गरेका छन् । निर्देशक राजामौलीले भने फिल्मको कमाईको ३० प्रतिशत मुनाफा पाउनेछन् । 

हिन्दी, तमिल, तेलुगू, मलालयम, कन्नड र अंग्रेजी भाषामा रिलिज हुने फिल्मलाई ‘बाहुबली’ निर्देशक एस।एस। राजमौलीले निर्देशन गरेका हुन् । 

Recent Comments

No comments to show.