वार्षिकोत्सवका अवसरमा ग्लोबल आइएमई बैंकका ग्राहकहरुलाई छुट तथा क्यास ब्याक

वार्षिकोत्सवका अवसरमा ग्लोबल आइएमई बैंकका ग्राहकहरुलाई छुट तथा क्यास ब्याक

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं ।  ग्लोबल आइएमई बैंकले आफ्नो १५औँ वार्षिकोत्सवको उपलक्ष्यमा कार्ड तथा डिजिटल बैंकिङ्गमार्फत गरिने कारोबारहरूमा छुट तथा क्यासब्याक प्रदान गर्ने योजनाहरू सार्वजनिक गरेको छ ।

बैंकले वार्षिकोत्सवको मौका पारेर ग्राहकहरुलाई पुस १५ गतेबाट माघ १५ सम्म (१ महिना)का लागि मोबाइल बैंकिङ, डेबिट तथा क्रेडिट कार्ड निशुल्क उपलब्ध गराउने भएकाे हाे ।

यसका साथै, वार्षिकोत्सवकै अवसरमा ग्राहकहरुलाई थप छुट प्रदान गर्ने उद्देश्यका साथ पहिलो पटकको क्यूआर कारोबार, पस मेसिनमार्फत गरिने कारोबार तथा ईकम कारोबारमा १५ प्रतिशत अथवा ३०० रूपैयाँसम्म क्यासब्याक प्रदान गर्ने बैंकले जनाएको छ । पुस १७ गतेदेखि लागू हुने क्यासब्याक योजना सीमित अवधिका लागि रहनेछ ।

ग्लोबल आईएमई बैंककाे ७६ जिल्लामा २८७ शाखा, २५२ एटीएम, २६३ शाखा रहित बैंकिङ्ग सेवा, ४८ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत रहेको छ ।

त्यसैगरी बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङ लगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पुर्याउँदै आइरहेको छ ।

Recent Comments

No comments to show.