धितोपत्र बोर्डको अध्यक्षका लागि पुनः नयाँ आवेदन खुला, के हुन्छ १२ जनाको आवेदन ?

धितोपत्र बोर्डको अध्यक्षका लागि पुनः नयाँ आवेदन खुला, के हुन्छ १२ जनाको आवेदन ?

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्ष छनोटको लागि पुनः आवेदन खुला भएको छ। 

नेपाल सरकार अर्थ मन्त्रालय नेपाल धितोपत्र बोर्ड अध्यक्ष बोर्ड अध्यक्ष छनोट समितिले सूचना जारी गरेर बोर्डको अध्यक्ष छनोट गर्न पुनः आवेदन खुला गरेको हो। 

गत कात्तिक ११ गते अध्यक्षका लागि पहिलोपटक दरखास्त माग गरेको मन्त्रालयले दुई महिनापछि फेरि नयाँ विज्ञापन खुलाएको छ । 

नयाँ दरखास्त आह्वान भएसँगै यसअघिका सबै आवेदन रद्द भएको  छ । नयाँ सूचना प्रकाशित भएसँगै यसअघि आवेदन दिएकाले पनि पुनः आवेदन पेस गर्नुपर्ने सूचनामा उल्लेख छ । 

कात्तिक ११ गतेको सूचनाअनुसार आवेदन दिएका आवेदकले हाल प्रकाशित सूचनाअनुसार पुनः यसै म्यादभित्र आवेदन गर्नुहुन र पूवर्वत आवेदन दिएका कुनै आवेदकले उक्त आवेदन फिर्ता लिन चाहेमा सूचना प्रकाशित भएको मितिले अध्यक्ष सिफरिस समितिसमक्ष निवेदन दिएर फिर्ता लिने सकिनेछ,” अर्थ मन्त्रालयले बिहीबार प्रकाशित गरेको सूचनामा भनिएको छ ।

बोर्ड अध्यक्षका लागि योग्य नागरिकले यही पुस २९ गतेसम्म आवेदन दिनुपर्नेछ ।  

यसअघि बोर्डकै कार्यकारी निर्देशक निरज गिरी र उपकार्यकारी निर्देशक नबराज अधिकारी, बोर्डकै पूर्वकर्मचारी जीवन अमगाई, बीमा समितिका निवर्तमान अध्यक्ष चिरञ्जीवी चापागाईं, नेपाल स्टक एक्सचेञ्जका पूर्वप्रमुख कार्यकारी अधिकृत सीताराम थपलिया, कर्मचारी सञ्चय कोषका पूर्वप्रमुख कृष्ण आचार्य, नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक तथा पुँजीबजार विज्ञ गोपाल भट्ट, वित्तीय विज्ञ रमेश हमाल, सहरी विकास कोषका उपनिर्देशक अनिल पौडेल, अम्बिका शर्मा, केशव श्रेष्ठ र हेमन्त बस्यालले आवेदन दिएका थिए ।

बुक बिल्डिङ विधिबाट धितोपत्रको सार्वजनिक निष्कासनको प्रक्रियामा रहेको सर्वोत्तम सिमेन्टको सेयर परिवारको नाममा खरिद गरेपछि विवादित तत्कालीन अध्यक्ष भीष्मराज ढुंगानालाई सरकारले बर्खास्त गरेको थियो ।

आवेदन दिएका मध्येबाट अध्यक्ष सिफारिस समितिले तीनजनाको नाम मन्त्रिपरिषद्समक्ष सिफारिस गर्नेछ । त्यसमध्येबाट मन्त्रिपरिषद्ले एकजनालाई अध्यक्षमा नियुक्त गर्नेछ ।

सिफारिस समितिको संयोजकमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष विश्वराज पौडेल छन् । सदस्यमा अर्थसचिव मधु मरासिनी र विज्ञ सदस्यमा डा. जीवनाथ भुसाल छन् । यसअघि, विज्ञ सदस्यमा नारायण पौडेल थिए ।

Recent Comments

No comments to show.