एसएसपी बराल डिआईजीमा बढुवा सिफारिस

एसएसपी बराल डिआईजीमा बढुवा सिफारिस

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । नेपाल प्रहरीले प्राविधिक प्रहरी समूहतर्फका प्रहरी बरिष्ठ उपरिक्षक (एसएसपी) ई. फणिन्द्र बराल प्रहरी नायब महानिरीक्षक (डिआईजी) मा बढुवा  गर्न सिफारिस गरेको छ ।

प्रहरीको बढुवा समितिको बुधबार बसेको बैठकले नेपाल प्रहरीमा प्राविधिक समूहतर्फ इन्जिनियरिङ उपसमूह भौतिक पूर्वाधार तथा सवारी निर्देशनालयको डिआईजी पदको बढुवाका लागि बराललाई सिफारिस गरेको हो ।

बराललाई प्रहरी नियमावली, २०७१ (संशोधनसहित) को नियम २७ को उपनियम (४) अनुसार बढुवाका लागि सिफारिस गरिएको बढुवा समितिका सदस्य सचिव प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) विश्वराज पोखरेलले जानकारी दिए ।

Recent Comments

No comments to show.