सिके राउतद्वारा संघीय मन्त्रीलाई मधेशमा निषेध,अनिश्चितकालका लागि राजमार्ग बन्द गर्ने घोषणा

सिके राउतद्वारा संघीय मन्त्रीलाई मधेशमा निषेध,अनिश्चितकालका लागि राजमार्ग बन्द गर्ने घोषणा

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सिके राउत नेतृत्वको जनमत पार्टीले आजदेखि पूर्वपश्चिम राजमार्ग अनिश्चितकाल बन्दको घोषणा गरेका छन् । 

उनको पार्टीले एक विज्ञप्ति निकाल्दै किसानका माग सम्बोधन नहुँदासम्मका लागि पूर्वपश्चिम राजमार्ग बन्द गर्ने घोषणा गरिएको हो ।

पार्टीका अध्यक्ष सिके राउतले बुधबार राति विज्ञप्ति जारी गरेर राजमार्ग बन्द गर्नुका साथै संघीय मन्त्रीलाई मधेश प्रवेशमा निषेध गरेका छन् । 

किसानहरुका माग पूरा नगरेको भन्दै उनले आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरेका छन् । मन्त्रीस्तरीय/उच्चस्तरीय वार्ता समिति समेत गठन नगरेको र किसान आन्दोलनको ज्ञापनपत्र लिन समेत प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले अस्वीकार गरेर अहंकार प्रदर्शन गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ । 

यस्तै आन्दोलनकारी किसानमाथि प्रहरीले बल प्रयोग गरेको, दर्जनों राउन्ड अश्रुग्यास चलाएको, आन्दोलनकारीहरूको अंगभंग हुने गरी कुटपिट गरेको, किसानहरूमाथि ज्यादती गरेको तथा झुठा मुद्दा लगाएको पनि उनको आरोप छ ।

Recent Comments

No comments to show.