९१ ऋणीले लिए ११ अर्ब ८४ करोड पुनरकर्जा सुविधा (सूचिसहित)

९१ ऋणीले लिए ११ अर्ब ८४ करोड पुनरकर्जा सुविधा (सूचिसहित)

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल राष्ट्र बैंकले समस्यामा परेका उद्योग व्यवसायहरूका लागि ल्याएको पुनरकर्जा सुविधा हालसम्म ९१ उद्योग व्यवसायहरूले लिएका छन् ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार चालू आर्थिक मंसिर मसान्तसम्ममा ९१ जना ऋणीलाई ११ अर्ब ८४ रुपैयाँ बराबरको पुनरकर्जा स्वीकृत गरेको हो ।

स्वीकृत पुनरकर्जा मध्ये विशेष पुनरकर्जा अन्तर्गत १० वटा बैंक तथा वित्तिय संस्थाबाट १५ जना ऋणीले २ अर्ब ४५ करोड ७८ लाख रूपैयाँको कर्जा पाएका छन् ।

त्यस्तै साधारण पुनरकर्जा अन्तर्गत भने २७ वटा बैंक तथा वित्तिय संस्थाका ७६ ऋणीले ९ अर्ब ३८ करोड रुपैयाँ सहुलियत पाएका छन्।

पुनरकर्जामध्ये बाग्मती प्रदेशमा ४८ प्रतिशत र सबैभन्दा कम सुदूरपश्चिम प्रदेशमा ०।३८ प्रतिशत वितरण भएको छ ।

यसैगरी क्षेत्रगत रूपमा सबैभन्दा बढी पर्यटन क्षेत्रका लागि करिब ५२ प्रतिशत पुनरकर्जा प्रदान गरिएको छ ।

यस्तै जलविद्युतका लागि २० प्रतिशत र उत्पादनमूलक साढे १६ प्रतिशत गएको र शिक्षाका लागि ७ प्रतिशत कर्जा वितरण गरिएको राष्ट्र बैंकले जानकारी दिएको छ ।

पुनरकर्जा कार्यविधि २०७७ अनुसार विशेष पुनकर्जाको लागि जम्मा ३ प्रतिशत र साधारण पुनकर्जाको व्याजदर जम्मा पाँच प्रतिशत मात्र ब्याज तिरे पुग्‍नेछ।

कसले कति पाए ?

Recent Comments

No comments to show.