१७ हजारभन्दा बढी स्थायी शिक्षकका लागि विज्ञापन खुला,कुन जिल्लामा कति माग ? (सूचनासहित)

१७ हजारभन्दा बढी स्थायी शिक्षकका लागि विज्ञापन खुला,कुन जिल्लामा कति माग ? (सूचनासहित)

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । शिक्षकका लागि ठूलो संख्यामा विज्ञापन खुलेको छ।

शिक्षक सेवा आयोगले प्राथमिक, निम्नमाध्यमिक र माध्यमिक तहमा गरी १७ हजारभन्दा बढी शिक्षका लागि दरर्खास्त आह्वान गरेको छ। आयोगका अनुसार प्राथमिक तहका लागि १३ हजार ९३ शिक्षकका लागि विज्ञापन गरिएको छ।

आयोगले सूचना जारी गर्दै सामुदायिक विद्यालयको प्रथमिक तह तृतिय श्रेणी, शिक्षक पदको खुला तथा समावेशी प्रतियोगात्मक परीक्षाद्धारा स्थायी पदपूर्ति गर्नुपर्ने भएकोले विज्ञापन गरेको हो ।

इच्छुक व्यक्तिले अनलाइनमार्फत समेत फारम भर्न सक्नेछन् ।

सूचना अनुसार इच्छुक आवेदकहरुले आजदेखि माघ १३ गतेसम्म आवेदन दिन सक्छन् । यसैगरि डबलदस्तुर तिरेर माघ २० गतेसम्म पनि आवेदन दिन सक्छन् ।

आयोगले यसअघि माध्यमिक तहको १ हजार ५ सय ४७ शिक्षक र निमावि तहको लागि दुई हजार ५९८ पदका लागि विज्ञापन गरिसकेको छ।

Recent Comments

No comments to show.