काठमाडौं । विवेकशील साझा पार्टीले पौष २७ अर्थात् पृथ्वी जयन्तीको अवसर पारेर ‘मेची-महाकाली राष्ट्रिय एकता यात्रा’को घोषणा गरेको छ ।
पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले सामाजिक सञ्जाल फेसबुक मार्फत जानकारी दिँदै यात्रालाई सम्पूर्ण नेपालीहरूले आर्थिक, भौतिक तथा नैतिक रूपमा सहयोग गर्न अपिल गरेका छन् ।
उनले लेखेका छन्, ‘विवेकशील साझा पार्टीले पौष २७ गते पृथ्वी जयन्तीको दिन ‘मेची-महाकाली राष्ट्रिय एकता यात्रा’ सुरु गर्दैछ। हाम्रो मार्ग र सभाहरू हुने स्थलहरूबारे हामी पछि जानकारी गराउनेछौँ।
यात्राका लागि हामी आफैँ पनि आर्थिक योगदान गर्दैछौँ तर हामी तपाईँको सहयोगको पनि अपेक्षा गर्दछौँ । संसारका अधिकांश पार्टीहरू शुभेच्छुकहरूको सहयोगबाटै सञ्चालन हुने हो । तसर्थ यो पुनीत यात्राका लागि अत्यन्तै सानो र ठुलो रकम सहयोग गरिदिनुभयो भने त्यो हाम्रो लागि ठुलो प्रेरणा हुनेछ ।
मिश्र पछिल्लो समय देशव्यापी रूपमा पार्टीको संगठन बिस्तारमा लागि परेका छन् ।
प्रतिक्रिया