मृगौला पीडित नबिन शाहद्धारा सहयोगको याचना

मृगौला पीडित नबिन शाहद्धारा सहयोगको याचना

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं ।  दुबै मृगौला फेल भएका धादिङ त्रिपुरासुन्दरि गाउँपालिका– ६ का नबिन शाहले  सहयोगको लागि आग्रह गरेका छन् । 

५ महिनादेखि राजधानीका विभिन्न अस्पतालमा उपचार गराइरहेका २५ बर्षीय उनले आफ्नो आर्थिक अवस्था अत्यन्तै कमजोर भएकाले थप उपचारका लागि सहयोग गरिदिन आग्रह गरेका हुन् ।

सानै उमेरमा आफना बाबु आमा समेत गुमाइसकेका शाहको उपचारमा हालसम्म ७ लाख खर्च भइसकेको उनका दाजु प्रेम शाहले जानकारी दिए। 

दुबै मृगौला फेल भएकाले मृगौला प्रत्यारोपणको विकल्प नभएको र प्रत्यारोपणका लागि १५ लाख खर्च लाग्ने चिकित्सकले बताएको शाहले जानकारी दिए। 

‘अहिलेसम्म ऋण लिएर नै उपचार गराइरहेका छौ, अझै १५ लाख लाग्छ भन्छन्, मैले कहाँबाट ल्याउनु’ भाईको जीवनरक्षाका लागि भौतारिरहेको छु उनले भने ‘कृपया सबैले सक्दो सहयोग गरी मेरो भाइको जीवन बचाइदिनुहोस्।’

अहिले सातामा ३ पटक डाइलासिस गर्नुपरेकाले खर्च निरन्तर बढ्दै गइरहेको उनले बताए । शाहको वीर अस्पतालमा डायलासिस गरिदै आएको छ । उनलाई सहयोग गर्न चाहनेले प्रभु बैंकमा बिरामी नबिन शाहको नाममा रहेको खाता नं. १९४०१६४३३४७०००११ मा रकम जम्मा तथा ९८६०२२४३७३ र ९८४९६१९३१० मा सम्पर्क गरी सहयोग गर्न सकिने दाजु प्रेम शाहले बताए ।

Recent Comments

No comments to show.