ट्राफिक कारवाहीमा ५७ करोड ६० लाख राजस्व संकलन

ट्राफिक कारवाहीमा ५७ करोड ६० लाख राजस्व संकलन

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले आर्थिक वर्ष २०७७/७८  मंसिर मसान्तसम्म ट्राफिक कारवाही मार्फत ५७ करोड ६० लाख ५५ हजार रुपैयाँ राजस्व संकलन गरेको छ ।

मादक पदार्थ पिएर सवारी चलाउने, लेन अनुशासन पालना नगर्ने, बढी भाडा असुल्ने, जथाभावी सवारी पार्किङ गर्ने तथा ट्राफिक नियमको उल्लङघन गर्ने सवारी चालकलाई कारवाही गर्दा  ५७ करोड ६० लाख ५५ रुपैयाँ राजश्व संकलन भएको हो ।

यो अघिल्लो वर्षको तुलनामा ५७ प्रतिशतले बढी हो । गत आर्थिक वर्ष आर्थिक वर्ष २०७७/७८ को पहिलो पाँच महिनामा ट्राफिक कारवाहीबाट ३५ करोड १९ लाख २० लाख ७ सय रुपैयाँ संकलन भएको थियो ।

ट्राफिकले सवारी साधनलाई बढी कारवाही गरेर कसरी बढी राजस्व संकलन गर्न सकिन्छ भन्ने उदेश्य नभई चालकहरुलाई सुधार गरी कसरी दुर्घटना कम गर्न सकिन्छ भन्ने नियतले मात्र कारवाही गरेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

त्यस्तै कोरोना संक्रमण रोकथामको लागि भन्दै प्रहरीले मास्क नलगाई हिँड्नेलाई कारबाही समेत गरेको थियो।

तर संक्रमणदर कम र लकडाउन हटेपछि कारबाही पनि रोकिएको छ। पाँच महिनाको अवधिमा ८ लाख १६ हजार ५ सय रुपैयाँ सङ्कलन गरिएको छ।

Recent Comments

No comments to show.