सेफ सन्तोष साहले जिते बीबीसी मास्टरसेफको ‘रिम्याच’ उपाधि

सेफ सन्तोष साहले जिते बीबीसी मास्टरसेफको ‘रिम्याच’ उपाधि

Actpro

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं ।  नेपाली सेफ सन्तोष साहले बीबीसी मास्टरसेफ प्रोफेसनल्सको ‘रिम्याच’ उपाधि जितेका छन्। बीबीसी वान च्यानलमा सोमबार साँझ प्रसारित फाइनलमा साहले तीन प्रतिस्पर्धीलाई उछिनेर उक्त उपाधि जितेका हुन्।

विगतका मास्टरसेफ प्रोफेसनल्स फाइनलिस्टहरुलाई पुनः अवसर दिँदै यो प्रतिस्पर्धा गराइएको थियो। प्रतिस्पर्धामा सन् २०२० का फाइनलिस्टहरु सन्तोष, फिली आर्मिटेज म्याटिन, बार्ट भ्यान डेर ली र सन् २०१७ का फाइनलिष्ट जेमी पार्क सहभागी थिए ।

प्रतिस्पर्धामा सन्तोषले १८ प्रकारका नेपाली ‘भेगन’ खानेकुरा प्रस्तुत गरेका थिए। दोस्रो चरणको ‘फेस्टिभ फिस्ट’ मा उनले मौलिक परिकारहरु कुखुराको तीते, बिरिया, तिलौरी, सात किसिमको तरुवा, भात, मासको दाल, गोलभेंडाको चट्नी, कटर पोलेको, मालपुवा, बुनिया जस्ता विभिन्न नेपाली परिकार प्रस्तुत गरेका थिए।

यसअघिको प्रतिस्पर्धामा तराईको खानेकुरा समेट्न नपाएको गुनासो गरेका साहले यसपटक भने त्यो इच्छा पूरा गरे। एक निर्णायकले सन्तोषको खानेकुराको तारिफ गर्दै आफूलाई पनि एकपटक नेपाल लैजान अनुरोध समेत गरेकी छन्।

बीबीसी मास्टरसेफ हस्पिटालिटी क्षेत्रमा विश्वकै प्रतिष्ठित टिभी रियालिटी शो हो। गत वर्ष नेपाली खाना प्रस्तुत गरेर उपविजेता बनेका सन्तोषको चर्चा देशविदेशमा चुलिएको थियो। साहले विभिन्न मौलिक नेपाली परिकार विश्वमाझ चिनाउन सफल भएका थिए। मौलिक नेपाली खाना पारखीहरुका लागि सन्तोषले  ‘आयला’ नामक कुकबुक प्रकाशित गरेका छन्।

Recent Comments

No comments to show.