राष्ट्रिय सभा निर्वाचनका लागि १२ राजनीतिक दल दर्ता

राष्ट्रिय सभा निर्वाचनका लागि १२ राजनीतिक दल दर्ता

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । राष्ट्रिय सभा सदस्यको आउँदो माघ १२ गते हुने निर्वाचनमा १२ राजनीतिक दलले भाग लिने भएका छन्। 

निर्वाचन आयोगका प्रवक्ता शालिकग्राम शर्माकाअनुसार निर्वाचनमा ९ वटा राजनीतिक दलले सबै प्रदेशमा र तीन राजनीतिक दलले कुनै प्रदेश विशेषमा मात्र भाग लिने गरी दल दर्ता गराएका हुन् । आयोगका अनुसार, नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) नेकपा (एकीकृत समाजवादी), राष्ट्रिय जनमोर्चा, नेपाल लोकतान्त्रिक पार्टी, जनता समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र नेपाल परिवार दलले सबै प्रदेशमा भाग लिनेछन्।

लोकतान्त्रिक समाजवादी पार्टी प्रदेश-२ र सुदूरपश्चिम प्रदेश, नेपाल मजदुर किसान पार्टीले वाग्मती र ऐतिहासिक प्रजातान्त्रिक जनता पार्टी नेपालले प्रदेश-२ मा मात्र भाग लिने जानकारी दिइएको छ। आयोगले राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि राजनीतिक दललाई पुस १ देखि आजसम्म दल दर्ताका लागि समयावधि प्रदान गरेको थियो। प्रत्येक निर्वाचन प्रयोजनका लागि राजनीतिक दल दर्ता गर्नु पर्ने संवैधानिक व्यवस्था छ।

यस निर्वाचनका लागि यसअघि नै निर्वाचन अधिकृतको नियुक्ति तथा मतदानस्थल र मतदान केन्द्र तोकीसकिएको छ। निर्वाचनका लागि प्रदेश सभा सदस्य तथा पालिका प्रमुख र उपप्रमुख गरी दुई हजार २५ मतदाता कायम छन्। निर्वाचनमा प्रदेश सभा सदस्यको मतभार ४८ र पालिका प्रमुख र उपप्रमुखको मतभार १८ हुनेछ।

Recent Comments

No comments to show.