वाग्मती प्रदेशमा ६ मन्त्री थपिए, मन्त्रिपरिषद् १८ सदस्यीय पुग्यो

वाग्मती प्रदेशमा ६ मन्त्री थपिए, मन्त्रिपरिषद् १८ सदस्यीय पुग्यो

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । वाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले थप मन्त्रिपरिषद् विस्तार गरेका छन् । मुख्यमन्त्री पाण्डेले कांग्रेसकोतर्फबाट तीन मन्त्री र तीन राज्यमन्त्री थप गर्न लागेका हुन् ।

मन्त्रीमा चितवनको मिलनबाबु श्रेष्ठ, रसुवाका बलराम पौडेल, काठमाडौंका दीपेन्द्र श्रेष्ठलाई शपथग्रहण गराउन लागेको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।

त्यस्तै राज्यमन्त्रीमा नुवाकोटकी कल्पना नेपाली, भक्तपुरकी रजनी जोन्छे र मकवानपुरका सन्तबहादुर प्रजालाई शपथग्रहण गर्दैछन् ।

उनीहरूलाई दिने मन्त्रालयको जिम्मेवारीबारे केही खुलाइएको छैन । पाण्डेले यसअघि नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र नेपाली कांग्रेसलाई समेटेर १० मन्त्री थप गरेका थिए ।

मुख्यमन्त्री पाण्डेले भागबण्डा पु¥याउनका लागि ७ मन्त्रालयलाई फुटाएर १८ मन्त्रालय बनाएका थिए । मुख्यमन्त्रीसहित वाग्मती प्रदेशमा १८ सदस्यीय मन्त्रिपरिषद् हुने भएको छ ।

Recent Comments

No comments to show.