पुसको अन्तिम साताबाट बुस्टर डोज दिने तयारीमा स्वास्थ्य मन्त्रालय

पुसको अन्तिम साताबाट बुस्टर डोज दिने तयारीमा स्वास्थ्य मन्त्रालय

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले सरकारले पुसको अन्तिम सातादेखि बुस्टर डोज दिने तयारी गरेको बताएका छन्।

बुधबार मन्त्रालयले गरेको भर्चुअल प्रेस ब्रिफिङमा उनले विश्व स्वास्थ्य सङ्गठनले अनुमति दिए स्वास्थ्यकर्मी, सुरक्षा कर्मचारी, कर्मचारी, वृद्धवृद्धा र बालबालिकालाई बुस्टर डोज दिने तयारी गरिरहेको बताएका हुन्।

सरकारले ओमिक्रोन भेरियन्टबाट हुने क्षति रोक्न सीमा नाका तथा हवाईमार्गमा सुरक्षाको मापदण्ड कडाइका साथ पालना गरेको पनि स्वास्थ्यमन्त्री खतिवडाले बताए।

“सरकारले नागरिकको जीवन सुरक्षाको काम गरिरहेको छ, सबैलाई स्वास्थ्यका मापदण्ड पालना गर्न आग्रह गर्छौं,” मन्त्री खतिवडाले भने।

कोरोना नियन्त्रण गर्नु सरकारको प्रमुख दायित्व रहेकाले मन्त्रालयले यसको तयारी गरिरहेको मन्त्री खतिवडाले दाबी गरे। ४ पुसबाट ५७ जिल्लाका १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई खोप अभियान शुरू गरेकाले त्यसमा सबै उमेर समूहका बालबालिका सहभागी गराउन पनि उनले आग्रह गरे।

खतिवडाले भने, “१२ देखि १७ वर्ष उमेर समूहका बालबालिकाले पायक पर्ने ठाउँमा गए खोप लगाउन पाउनेछन्, त्यसका लागि उमेर खुल्ने कागजात साथमा लानुपर्छ।”

Recent Comments

No comments to show.