माओवादी केन्द्रको राष्ट्रिय सम्मेलनमा १५ सय ३३ प्रतिनिधि सहभागी हुने

माओवादी केन्द्रको राष्ट्रिय सम्मेलनमा १५ सय ३३ प्रतिनिधि सहभागी हुने

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । माओवादी केन्द्रले आफ्नो प्रथम राष्ट्रिय सम्मेलनमा १५ सय ३३ प्रतिनिधि सहभागी हुने जानकारी दिएको छ। 

माओवादी प्रवक्ता तथा प्रचार विभाग प्रमुख कृष्णबहादुर महराले बुधबार पत्रकार सम्मेलन गरेर दिएको जानकारी अनुसार ११ पुसबाट सुरु हुने राष्ट्रिय सम्मेलनमा १५ सय ३३ प्रतिनिधि सहभागी हुनेछन्। 

सम्मेलनमा आयोजकबाट १७९, सल्लाहकारबाट १४९, ज्येष्ट कम्युनिष्ट सदस्यबाट १२५, पार्टीको आयोगबाट ७५, केन्द्रीय विभागबाट १०२, केन्द्रीय प्रतिनिधि २७, प्रदेश प्रतिनिधि ९०८ र पाँच प्रतिशत मनोनीतबाट ७३ जना गरी एक हजार ५३३ जना सहभागी हुने प्रवक्ता महराले जानकारी दिए। 

राष्ट्रिय सम्मेलनबाट ११-१३ पुससम्मका लागि तोकिए पनि एक दुई दिन लम्बिन सक्ने जानकारी दिएका उनले सम्मेलनको तयारी भइसकेको बताए। 

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीति प्रतिवेदन तयार पारिरहेका उनले बताए। सो प्रतिवेदन स्थायी कमिटीमा छलफल हुनेछ। उनले राष्ट्रिय सम्मेलनबाट क्रान्तिकारी पार्टी र विचार निर्माण गर्ने बताए। 

ठूलो पार्टीबाट माओवादी सानो हुँदा संसदीय राजनीतिमा भोगेका विषयमा समीक्षा हुने जानकारी दिएका उनले यसमा आफू कमीकमजोरी औँल्याउने बताए। साथै सम्मेलनले पार्टीलाई एकढिक्का बनाउने उनको विश्वास छ। 

१५ सय ३३ जना सहभागी हुने महाधिवेशनका लागि अहिले काठमाडौं छिर्ने स्थानमा मुख्य द्वार निर्माण भइरहेको, आकाशे पुलमा गेट, ब्यानर राख्ने काम भइरहेको उनले जानकारी दिए। 

Recent Comments

No comments to show.