छुरा प्रहार गरी युवकको हत्या गरेको आरोपमा पाँच जना पक्राउ

छुरा प्रहार गरी युवकको हत्या गरेको आरोपमा पाँच जना पक्राउ

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सिरहा । सिरहा गोलबजार नगरपालिका-६ डोहटिया छुरा प्रहारबाट युवकको हत्या घटनामा संलग्न रहेको आरोपमा पाँच जना पक्राउ परेका छन् ।

गत शनिबार बेलुका गोलबजार नगरपालिका-६ डोहटियाका २६ वर्षीय रामकुमार सदायको हत्यामा संलग्न रहेको आरोपमा स्थानीय २२ वर्षीय भुवनप्रसाद महतो, १९ वर्षीय श्रवणकुमार मण्डल, २० वर्षीय कालु भन्ने रोहन विश्वकर्मा, १८ वर्षीय सौकात खान र १९ वर्षीय धर्मेन्द्र यादवलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिरहालका सूचना अधिकारी सुवास बुढाथोकीले जनकारी दिए ।

उनका अनुुसार आरोपीमध्ये दुई जना गोलबजार र तीन जनालाई धनगढीमाई नगरपालिका जयपुरमा आफन्तको घरमा लुकेर बसेको अवस्थामा पक्राउ गरेको हो ।

पक्राउ परेकाहरूलाई बुधबार नै कर्तव्य ज्यान मुद्दामा सिरहा जिल्ला अदालतबाट पाँच दिनको म्याद लिएर थप अनुसन्धान तथा घटनामा संलग्न अन्य व्यक्तिहरूको खोजीकार्य थालेको प्रहरीले जानकारी दिएको छ ।

Recent Comments

No comments to show.