सन्धिखर्कमा एकैदिन दुई हजार बढी बालबालिकाले लगाए कोरोनाविरुद्धको खोप

सन्धिखर्कमा एकैदिन दुई हजार बढी बालबालिकाले लगाए कोरोनाविरुद्धको खोप

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

अर्घाखाँची । सन्धिखर्क नगरपालिकाका दुई हजारभन्दा बढी बालबालिकाले एकैदिन कोभिडविरुद्धको खोप लगाएका छन्।

सन्धिखर्क नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख पूर्ण पराजुलीका अनुसार मंगलबार एकैदिन छात्रा एक हजार ७२ र छात्र एक हजार ६० गरी दुई हजार एक सय ३२ जनाले कोरोनाविरुद्धको खोप लगाएका हुन्।

नगरपालिकाले स्कुल स्कुलमा पुगेर कोभिडविरुद्धको खोप सञ्चालन गरिरहेको छ। खोप अभियानमा विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको पराजुलीले जानकारी दिए।

Recent Comments

No comments to show.