जेभियर र टाइम्सलाई थ्री बाइ थ्री बास्केटबलको उपाधि

जेभियर र टाइम्सलाई थ्री बाइ थ्री बास्केटबलको उपाधि

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । जेभियर इन्टरनेसनल कलेज र टाइम्स इन्टरनेसनल कलेजले प्रथम अक्सब्रिज कप थ्री बाइ थ्री ब्वाइज बास्केटबल प्रतियोगिताको उपाधि जितेका छन् । मंगलबार महालक्ष्मीस्थान स्थित आयोजक अक्सब्रिज इन्टरनेसनल कलेजको  कोर्टमा भएको व्याचलर्स फाइनलमा जेभियरले अक्सब्रिजलाई १८-१२ ले पराजित गर्‍यो । जेभियरका निकेश मगरले १० अंक जोडे । 

मंगलबार नै भएको सेमिफाइनलमा जेभियरले सेन्ट जेभियर्सलाई १८-७ तथा अक्सब्रिजले गोल्डेनगेटलाई १९-१२ ले हराउदै फाइनलमा स्थान बनाएका थिए । प्लस टुको उपाधि भिडन्तमा टाइम्सले रुकिजलाई १७-१४ ले पाखा लगायो । टाइम्सका पेम्बा शेर्पाले ७ स्कोर गरे । त्यसअघि सेमिफाइनलमा टाइम्सले अक्सब्रिजलाई १७-१२ तथा रुकिजले नवोदितलाई २१-१५ ले पन्छ्याउदै फाइनल यात्रा तय गरेका थिए ।

व्याचलर्समा जेभियरका निकेश मगर तथा प्लस टुमा टाइम्सका छिरिङ थिन्ले लामा ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए । विजेतालाई नेपाल बास्केटबल संघका अध्यक्ष भीमसिंह गुरुङ, प्याब्सनका सह–अध्यक्ष डिके ढुंगाना, अक्सब्रिजका प्रिन्सिपल डा कृष्णप्रसाद पाण्डे, इ क्याबका मेनेजर डिकेश प्रधानलगायतले एक कार्यक्रमबीच नगद, ट्रफी, पदक र प्रमाण पत्र प्रदान गरे । तीनदिने प्रतियोगिताको व्याचलर्स र प्लस टुमा समान २०-२० टिम सहभागी भएको संयोजक विमल कार्कीले जानकारी दिए । 

Recent Comments

No comments to show.