उच्च आयात निरुत्साहित गर्न राष्ट्र बैंकले ल्यायाे नयाँ निर्देशन,यी वस्तु आयातमा पाइँदैन ऋण

उच्च आयात निरुत्साहित गर्न राष्ट्र बैंकले ल्यायाे नयाँ निर्देशन,यी वस्तु आयातमा पाइँदैन ऋण

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आयात निरूत्साहित गर्न निर्देशन जारी गरेको छ ।

अनिवार्य वस्तुबाहेका अन्य वस्तु, नेपालमै उत्पादन हुन सक्ने तथा आयात नगर्दा पनि हुने वस्तुको आयात बढ्दा व्यापार घाटा उच्च भएको, विदेशी मुद्राको सञ्चिती कमजोर भएको तथा शोधनान्तर स्थितिको सन्तुलनमा असर परेपछि राष्ट्र बैंकले त्यस्ता वस्तुको आयातमा कडाइ गरेको हो । त्यस्ता वस्तुको आयातका लािग प्रतितपत्र (एलसी खोल्दा) ५० प्रतिशतदेखि शतप्रतिशत नै मार्जिन राख्नुपर्ने नयाँ व्यवस्था राष्ट्र बैंकले गरेको छ ।

चिनी, चकलेट, ल्वाङ, मिनरल वाटर, मदिरा र भिनागर, चुरोट र सुर्तिजन्य वस्तु, परफ्युम, कस्मेटिक सामान, काठका वस्तु तथा सामानहरू, जुत्ता चप्पल, छाता र लठ्ठी, मार्सल, सिमेन्ट, प्लास्टर र सेरामिक वस्तु, सुनचाँदी जस्ता बहूमुल्य बस्तुको आयात गर्न शतप्रतिशत नगद मार्जिन राख्नुपर्ने व्यवस्था गरेको छ ।

त्यस्तै, विद्युतीय बाहेकका गाडी, मोटरसाइकल जस्ता सवारी साधनकाे आयात गर्न ५० प्रतिशत नगद मार्जीन राख्नुपर्ने व्यवस्था गरेको छ । नयाँ व्यवस्थाले भुक्तानी सन्तुलन (ब्यालेन्स अफ पेइमेन्ट) कायम हुने, सिडी रेसियो व्यवस्थापनमा सहज हुने अपेक्षा गरिएको छ ।

यस्तो छ केन्द्रीय बैंकको सर्कुलर:


Recent Comments

No comments to show.