२१ महिने बालिका हत्या आरोपमा दम्पती पक्राउ

२१ महिने बालिका हत्या आरोपमा दम्पती पक्राउ

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विराटनगर ।  मोरङको रंगली २ नहर टोलकी बालिका हत्या आरोपमा एक दम्पतीलाई  प्रहरीले पक्राउ गरेको छ।

रंगेली २ का चन्द्र उराउकी २१ महिनाकी छोरी युनिसाको हत्या आरोपमा सोही स्थानका नातामा फुपु फुपाजु पर्ने ४६ वर्षीय सैनी उराउ र उनकी श्रीमती ३५ बर्षीया संगिता उराउलाई पक्राउ आइतबार गरिएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दिपक श्रेष्ठले जानकारी दिए।

उनका अनुसार जिल्ला अदालतबाट कर्तब्य ज्यान कसूरमा सोमबार ५ दिन म्याद थप गरी थप अनुसन्धान भईरहेको छ।  हत्याको कारण खुली नसकेको उनले बताए। 

गत मंसिर २६ गते बालिका घरबाटै बेपत्ता भएकी थिईन। उनको मंसिर २८ गते घर पछाडि पैनीमा गाडेको अवस्थामा शव फेला परेको थियो।

Recent Comments

No comments to show.