मौलिक नेपाली सभ्यतालाई जीवन्त राख्नु सरकारको साझा दायित्व : प्रधानमन्त्री देउवा

मौलिक नेपाली सभ्यतालाई जीवन्त राख्नु सरकारको साझा दायित्व : प्रधानमन्त्री देउवा

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले मौलिक नेपाली सभ्यतालाई संरक्षण गरी जीवन्त राख्नु सरकारको साझा दायित्व भएको बताएका छन्।

राष्ट्रिय ज्यापु दिवसको अवसर पारेर आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले मौलिक नेपाली सभ्यतालाई संरक्षण गरी जीवन्त राख्नु सरकारको साझा दायित्व भएको बताएका हुन्। 

उनले काठमाडौं उपत्यकामा संस्कृति र सम्पदाको संरक्षण गर्न ज्यापु समुदाय लागि परेको भन्दै ज्यापु समुदायलाई चाहिएको सहयोग गर्न सरकार तयार रहेको पनि बताए। प्रधानमन्त्री देउवाले साझा मौलिक संस्कृति, परम्पराले अनेकतामा एकताको भावना सिर्जना गरेको भन्दै कला, संस्कृति, सम्पदाको विकासमा अझ लाग्नु पर्ने बताए।

प्रधानमन्त्री देउवाले ज्यापु समाज धेरै पुरानो संस्कृति भएको समाज भएकाले सरकारले सार्वजनिक बिदा घोषणा गरेकोसमेत बताए।

Recent Comments

No comments to show.