यस्तो छ आगामी तीन दिनको मौसम पूर्वानुमान

यस्तो छ आगामी तीन दिनको मौसम पूर्वानुमान

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । आगामी २४ घण्टा देशभर चिसो बढ्ने क्रम रहेकोले  चिसोबाट बच्न आवश्यक सुरक्षा एवं सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ । 

महाशाखाका अनुसार देशमा उल्लेखनीय प्रणालीको प्रभाव रहेको छैन। हाल पहाडी भू-भागहरूमा आंशिक बदली  रही सुदूरपश्चिम, लुम्बिनी प्रदेशका तराइका केही र बाँकी प्रदेशका तराईका भू-भागका थोरै स्थानमा हुसुरकुहिरो लागेको छ। 

आगामी तीन दिनको मौसम पूर्वानुमान

आइतबार

दिउँसो: देशको पहाडी भू-भागमा आंशिक बदली र बाँकी भू-भागमा  मौसम सामान्यतया सफा रहनेछ। 

राती : प्रदेश १ को पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।  

सोमबार

दिउँसो: सुदूरपश्चिम र कर्णाली प्रदेशमा आंशिक रही  बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। 

राती: देशभरि आंशिक देखि सामान्य बदली  रहनेछ।  

मंगलबार

दिउँसो : प्रदेश १, बाग्मती, गण्डकी, कर्णाली प्रदेशमा आंशिक देखि सामन्य बदली रही बाँकी भू-भागमा मौसम आंशिक बदली रहनेछ। प्रदेश १ तथा बाग्मती प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको छ।

राती: प्रदेश १, बाग्मती, गण्डकी, कर्णाली प्रदेशमा आंशिक देखि सामन्य बदली रही बाँकी भू(भागमा  मौसम आंशिक बदली रहनेछ। प्रदेश १ को उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको छ।

Recent Comments

No comments to show.