जुनी राईसहित सात खेलाडीलाई प्रतिभा सम्मान

जुनी राईसहित सात खेलाडीलाई प्रतिभा सम्मान

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । युवा तथा खेलकुद मन्त्रालयले खेलाडी, प्रशिक्षक तथा निर्णायक गरी १० जनालाई राष्ट्रिय खेलकुद प्रतिभा सम्मान प्रदान गर्ने भएको छ । 

मंसिर २७ गतेको मन्त्रीस्तरीय निर्णय अनुसार ७ खेलाडी, दुई प्रशिक्षक र एक निर्णायकलाई प्रतिभा सम्मान प्रदान गरिने भएको हो । 

उसुतर्फ चार खेलाडी सम्मानित हुने भएका छन् । धादिङकी जुनी राई, ललितपुरकी निमा घर्ति मगर, सुर्खेतका दिपक हमाल, र भक्तपुरकी सुस्मिता तामाङ रहेका छन् ।

काठमाडौंका कराँते खेलाडी एलेन श्रेष्ठ, सल्यानकी एथलेटिक खेलाडी पुष्पा भण्डारी तथा पारा खेलकुदतर्फका केशव थापाले खेलकुद प्रतिभा सम्मान प्राप्त गर्ने भएका छन् ।

त्यसैगरी, तेक्वान्दो प्रशिक्षकद्धय संगीना वैद्य र नोर्बु लामालाई पनि सो सम्मान प्रदान गरिने निर्णय भएको छ । 

रेफ्रीतर्फ तेक्वान्दोका अशोक खड्कालाई सम्मान गरिने भएको छ ।  उनीहरुलाई नगदसहित सम्मान गरिने मन्त्रालयले जनाएको छ । 

Recent Comments

No comments to show.