नाडा अध्यक्षमा ध्रुव थापा विजयी, कार्यसमिति सदस्यमा करण चौधरी पक्षको बहुमत

नाडा अध्यक्षमा ध्रुव थापा विजयी, कार्यसमिति सदस्यमा करण चौधरी पक्षको बहुमत

Actpro

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं  ।  नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको अध्यक्षमा ध्रुव थापा विजयी भएका छन् । अध्यक्षका अर्का प्रत्याशी करण चौधरीलाई ६६ मतले पराजित गर्दै थापा विजयी भएका हुन्।

थापाले १४१३ मत प्राप्त गरे भने पराजित चौधरीले १३४७ मत प्राप्त गरेका छन् ।

त्यसैगरी सदस्यतर्फ ध्रुव थापा प्यानलबाट ५ जना र चौधरीको प्यानलका १२ जना विजयी भएका छन् ।

विजयी हुनेमा थापाको प्यानलबाट निराकर श्रेष्ठ (१३६४), यमुना श्रेष्ठ (१३५५), कपिल शिवाकोटी (१३४८), प्रदीपमान प्रधान (१३४६) र आकाश गोल्छा (१३३९) मत प्राप्त गरेका छन् ।

यता चाैधरी प्यानलका मिलनबाबु मल्ल (१४६५), अनुपकुमार बराल (१४६३), राजनबाबु श्रेष्ठ (१४५७), सुरेन्द्र कुमार उप्रेती (१४३२) र सुनिल रिजाल (१४०२) रहेका छन् । त्यसैगरी सोही प्यानलबाट अभिक ज्योति (१३८३), प्रकाश कपुरी (१३७९), बिक्रम सिंघानिया (१३७१) र गोपाल भट्टराई (१३६५) मत प्राप्त गरी विजयी भएका छन् । यस्तै निलमणि पाठक (१३५४), वरदान बस्नेत (१३५०) र पंकज अग्रवाल (१३३४) मत प्राप्त गरी विजयी भएका छन् ।

नाडा निर्वाचन समितिका अनुसार २७ सय ८८ मत खसेको थियो। यस्तै ७ जना संस्थागत सदस्य भने निर्विरोध निर्वाचित भएका छन्। नाडामा अध्यक्ष र १७ जनाको निर्वाचन हुने र पछि सदस्यहरुबाटै पदाधिकारी चयन हुने व्यवस्था छ।

Recent Comments

No comments to show.