पछिल्लो २४ घण्टामा २११ जनामा कोरोना पुष्टी, २ जना संक्रमितको निधन

पछिल्लो २४ घण्टामा २११ जनामा कोरोना पुष्टी, २ जना संक्रमितको निधन

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जम्मा ९ हजार ४५१ नमुना परीक्षण गर्दा उक्त संख्यामा संक्रमण पुष्टि भएको हो ।

८ हजार १८ पीसीआर परीक्षण गर्दा १९७ जना र १४ सय ३३ एन्टीजेन परीक्षण गर्दा १४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस अवधिमा ३२९ जना भाइरस संक्रमणमुक्त भएका छन् संक्रमणबाट २ जनाको निधन भएको छ ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ६ हजार १०५ जना रहेको छ । जसमध्ये ५ हजार ८३३ जना होम आइसोलेसनमा र २७२ जना संस्थागत आइसोलेसनमा रहेका छन् । संस्थागत आइसोलेसनमा रहेकामध्ये १२१ जना आइसियूमा र ३० जना भेन्टिलेटरमा उपचारत छन् ।

यस्तै, पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ सय जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये काठमाडौंमा ६४, भक्तपुरमा ८ र ललितपुरमा २८ जनामा छन् ।

Recent Comments

No comments to show.